१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गौरीघाटमा ४ लाख ५० हजार लुटपाट

काठमाडौं—काठमाडौं महानगरपालिका–८ गौरीघाटस्थित बिद्या पार्टी प्यालेस नजिकबाट कोटेश्वर बस्ने डोल्पा, त्रिपाराकोट–४ का ३१ वर्षीय जयबहादुर रोकायाको ४ लाख ५० हजार रुपैयाँ शनिबार लुटपाट भएको छ।

बिगत केही दिनदेखि चिनेको साथी बौद्ध बस्ने दोलखा चरिकोट घर बताउने २५ वर्षीय हिमाल तामाङले चिया खान बोलाएपछि उनी सो स्थान पुगेका थिए। त्यति नै बेला रोकायाले भिरेको नगद सहितको झोला खोसेर अल्वाफेट नखुलेको ७०५ नम्बरको कालो स्प्लेण्डर मोटरसाइकलमा फरार भएको थियो।

प्रहरीले लुटेरा पक्राउ गर्न सकेको छैन।

प्रकाशित: ११ असार २०७४ ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App