१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जाजरकोटमा एक हप्तादेखि फोन सेवा अवरुद्ध

जाजरकोट –  यहाँको जुनी चाँदी गाउँपालिकामा एक हप्तादेखि फोन सेवा अवरुद्ध भएको छ। 

मजकोटमा रहेको टावरमा खराबी आएपछि फोन सेवा अवरुद्ध भएको स्थानीयवासी रेशमबहादुर खड्काले जानकारी दिनुभयो । यति लामो समयसम्म फोन सेवा अवरुद्ध भए पनि सरोकार भएका निकायले मर्मततर्फ ध्यान नदिएकोे भन्दै स्थानीयवासी आक्रोशित छन् । 

हजारौँ सेवाग्राही फोन सेवा अवरोधसँगै घन्टाैं उकालो हिँडेर आफन्तसँग खबर आदानप्रदान गर्न बाध्य छन् । नेपाल टेलिकम जाजरकोटले ब्याट्रीमा समस्या भएका कारण फोन अवरुद्ध भएको जनाएको छ । रासस 

प्रकाशित: ११ असार २०७४ ०६:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App