१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

खराब बानी नङ टोक्नु

नङ टोक्ने बानी खराब हो । यत्तिकै बस्दा वा कुनै तनाव हुँदा कतिपयले नङ टोक्ने गर्छन् । स्वास्थ्यका दृष्टिकोणले यो बानी राम्रो होइन । नङमा अड्केका फोहोरमैलाले स्वास्थ्यमा हानि त पुर्याउँछन् नै, यस्तो बानीले नङ बढ्न दिँदैन र नङका आकार पनि बिगार्छ ।
नङ टोक्ने बानीका बेफाइदा
–जति पटक हात सफा गरे पनि नङभित्र फोहोर रहन्छ नै । नङभित्र ब्याक्टेरिया विकसित हुने गर्छन् । नङ टोक्दा ती ब्याक्टेरिया मुखभित्र सजिलै पस्छन् र शरीरमा संक्रमण फैलाउँछन् । अनुसन्धानअनुसार नङ औँलाको तुलनामा दोब्बर फोहोर हुन्छन् । त्यसैले, तिनमा ब्याक्टेरिया हुन्छन् ।
–नङ टोक्नेहरू ‘पेरोनिसिया’बाट पीडित हुने सम्भावना बढी रहन्छ । पेरोनिसिया छालाको संक्रमण हो, जुन नङ वरिपरिको छालामा हुन्छ । नङ टोक्ने बानीले त्यस वरिपरिको छालाको कोषिकामा नोक्सान पुर्याउने गर्छ । साथै, ब्याक्टेरिया र अन्य कीटाणु छालामा प्रवेश गर्छन् ।
–अत्यधिक नङ टोक्नेहरूमा पेपिलोमा भाइरस अथवा एचपीभीका कारण संक्रमण फैलिने डर बढी हुन्छ, जसले गर्दा नङमा गाँठा बन्छन् । नङ चपाउँदा यी संक्रमण ओठ अथवा मुखमा पनि हुन सक्छ ।
–नङबाट निस्कने फोहोरले दाँतलाई पनि कमजोर बनाउँछ । धेरै नङ टोक्ने बानी भएकाहरूमा मुख बन्द गर्दा तल र माथिका दाँत एकसाथ ल्याउने समस्या देखिन्छ । लगातार नङ टोकिरहँदा दाँत आफ्ना मूल स्थानबाट हटेर बाहिर आउँछन् र कमजोर हुने डर पनि त्यति नै रहन्छ ।
–एक अनुसन्धानअनुसार लामो समयसम्म नङ टोक्नहरूको जीवनस्तर अरू मानिसको तुलनामा राम्रो हुँदैन । साथै, नङ टोक्दा शरीरको रोगप्रतिरोधी क्षमतामा पनि असर पुग्ने शोधले देखाएको छ ।

 

प्रकाशित: ११ असार २०७४ ०७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App