१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

लिपस्टिककाे मूल्य २ करोडभन्दा बढी

सिसले हाइड्रेटिङ लङ लास्टिङ लिपस्टिक
सुन्दर रङ र गुणस्तरका लागि प्रसिद्ध यो लिपस्टिकमा भिटामिन सी, ई आदि हुन्छन् । यसको मूल्य करिब ६ हजार २ सय रुपैयाँ पर्छ ।
ला प्रेइरी सेलुलर ल्युक्स लिपस्टिक
यो ननस्टिक र लङ लास्टिङ लिपस्टिक हो । सीमित रङमा पाइने यस लिपस्टिकको खोल चाँदीबाट बनाइएको हुन्छ । यसको मूल्य करिब ५ हजार ७ सय रुपैयाँ पर्छ ।
गुएरलेन रुज जी जुवेल लिपस्टिक कम्प्याक्ट
यो लिपस्टिक चम्किलो रातो रङमा पाइन्छ । सीमित परिमाणमा पाइने यो लिपस्टिक लङ लास्टिङ हुन्छ । यस लिपस्टिकसँग आउने बक्समा ऐना हुन्छ । लिपस्टिक लगाउने बेलामा त्यसको प्रयोग गर्न सकिन्छ । ओठ स्वस्थ र नरम बनाउन सक्ने यस लिपस्टिकको मूल्य ५ हजार ३ सय रुपैयाँ पर्छ ।
कानेबो सेन्साई इन्टेन्स लास्टिङ लिपस्टिक
महँगा लिपस्टिकमध्ये एक यस लिपस्टिकमा भिटामिन र प्रोटिन पाइन्छ । जसले ओठको सुन्दरता कायम राख्न मद्दत गर्छ । यसलाई किन्न करिब ४ हजार १ सय रुपैयाँ खर्चिनुपर्छ ।


जिभेन्ची ले रुज रोज ड्रेसिङ लिपस्टिक

उच्च गुणस्तरयुक्त यो लिपस्टिक लेदरको खोलमा प्याक गरिएको हुन्छ । यसको मूल्य करिब ३ हजार ७ सय रुपैयाँ पर्छ ।

क्रिस्चियन डियोर रुज नं ९९९ लिपस्टिक
राम्रो प्याकिङका कारण यो लिपस्टिक महँगो हुन्छ । ३२ सेड्समा पाइने यसको मूल्य करिब ३५ सय रुपैयाँ पर्छ ।
डोल्स एन्ड गाबाना मोनिका भोलप्चस लिपस्टिक
इटालियन ब्रान्डको यो लिपस्टिक आकर्षक फिचरमा पाइन्छ । यसको मूल्य करिब ३५ सय रुपैयाँ पर्छ ।
एस्टी लौडर प्योर कलर एन्भी स्कल्पटिङ लिपस्टिक
भिटामिनयुक्त यस लिपस्टिकका लागि करिब तीन हजार रुपैयाँ तिर्नुपर्छ ।

बाफरे, कति महँगो !
एच कुटुर ब्युटी डायमन्ड लिपस्टिक
यो लिपस्टिक किन्ने चाहना आफैँमा असाध्यै महँगो चाहना हो । यसको दामले धेरैको टाउको रिङाइदिन्छ । यो लिपस्टिक जुन बक्समा आउँछ, त्यो पूरै हिराले बनेको हुन्छ । त्यसमा १२ सय हिरा जडिएका हुन्छन् । यस लिपस्टिकको मूल्य लगभग २ करोड २४ लाख रुपैयाँ छ ।

गुएरलेन किसकिस गोल्ड एन्ड डायमन्ड लिपस्टिक
यो लिपस्टिक सानदार बक्समा १५ वटा सेड्समा पाइन्छ । यसको बक्स सुनले बनेको हुन्छ, जसमा हिरा जडिएका हुन्छन् । बक्स डिजाइन गर्दा त्यसमा १८ क्यारेटका १ सय १० ग्राम सुन र १ सय ९९ वटा हिराको प्रयोग गरिएको हुन्छ । यसको मूल्य लगभग ६४ लाख रुपैयाँ पर्छ ।

 

प्रकाशित: ११ असार २०७४ ०७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App