१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सर्वोच्चको मुख्य रजिष्ट्रारमा सुवेदी

काठमाडौं- सरकारले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा  नहकुल सुवेदीलाई नियुक्त गरेको छ। न्याया सेवा आयोगको सिफारिसमा सरकारले सुवेदीलाई मुख्य रजिष्ट्रारमा नियुक्त गरेको हो।

सुवेदी सर्वोच्चको सह-रजिष्ट्रार हुँदै अहिले न्यायपरिषदको सचिव थिए। सुवेदीले सर्वोच्चमा लामो समय मुद्दा फाँटमा रहेर काम गरेका छन्।

यस अघि सर्वोच्चमा यस्तो व्यवस्था थिएन। नयाँ संविधान जारी भएपछि महारजिष्ट्रारको व्यवस्था भएको हो। मुख्य रजिष्ट्रारले सर्वोच्च, उच्च अदालत, जिल्ला अदालत र अन्य अर्धन्यायीक निकायको प्रशासन हेर्न पाउने छन्। न्यायाधीश गोपाल पराजुली सर्वोच्चको नेतृत्वमा आएपछि सुवेदीले उक्त जिम्मेवारी पाएका हुन्।

 

प्रकाशित: ११ असार २०७४ १२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App