१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रमुख पदमा १७ महिला लड्दै

उदयपुर-  असार १४ गते हुने स्थानीय तह निर्वाचनमा जिल्लामा १७ महिला प्रमुख पदको प्रतिस्पर्धामा उत्रिएका छन्। जसमा ठूला पार्टीबाट उपमेयर, उपाध्यक्ष र वडाध्यक्ष तथा खुल्ला र दलित महिला सदस्यमा मात्र सहभागी गराइएको छ भने साना पार्टीबाट भने मेयर र अध्यक्षमा उम्मेद्वारी परेको छ।

                जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका ४ नगरपालिकामध्ये कटारीमा २ महिलाले प्रमुखमा प्रतिस्पर्धा गरिरहेका छन् भने त्रियुगा र चौदण्डीगढीबाट १/१ महिलाले प्रतिस्पर्धा गर्नेछन् । कटारी नगरपालिकामा माला तामाङले राप्रपाबाट र सुनिता दनुवारले संघीय समाजबादी फोरमबाट मेयरमा प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै त्रियुगामा निर्मलाकुमारी नेपालीले बहुजन शक्ति पार्टीबाट र चौदण्डीगढी नगरपालिकाबाट हीरामाया मगरको स्वतन्त्र भएर मेयरमा उम्मेद्वारी हालेकी छिन् । त्यस्तै ४ गाउँपालिकामध्ये उदयपुरगढीको अध्यक्षमा स्वतन्त्रबाट जितकुमारी रानामगरले प्रतिस्र्धा गर्दैछिन्।

                वडाध्यक्षमा लड्ने महिलाहरुमध्ये २ जन एमालेबाट, २ जना राप्रपाबाट र बाँकी साना दलबाट छन्। एमालेले सदरमुकाम त्रियुगाबाट १५ नम्बर वडामा विनु सुबेदीलाइ र राप्रपाले त्रियुगाबाटै ३ नम्बरमा पवित्रा गिरी र ११ मा पार्वति बुढाथोकीलाई वडाध्यक्ष उठाएको छ। संघीय समाजबादी फोरमबाट २ जना, लोकतान्त्रिक फोरमबाट २ जना तथा नयाँ शक्ति, खम्बुवान राष्ट्रिय मोर्चा र स्वतन्त्रबाट १/१ जनाले वडाध्यक्षमा प्रतिस्पर्धा गरिरहेका छन् ।

                ठूला दलहरुले भने सबै तहमा उपमा मात्र महिलालाई उठाएका छन् । कांग्रेस, एमाले र माकेले ४ वटै नगरपालिका र गाउँपालिकाको उपमा महिला उठाएका छन्।

 

प्रकाशित: ११ असार २०७४ १२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App