१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस जित्दा मुलुकले जित्छः पौडेल

बुटवल- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रिय  एकता र लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई भोट दिन आग्रह गरेका छन्। पौडेलले बुटवल र तिलोत्तमामा आयोजित सभालाई आइतबार सम्बोधन गरे।

‘हामी कसैलाई निषेध गर्ने पक्षमा छैनौं, मुलुकमा सबै अटाउनुपर्छ—उनले भने।

कांग्रेस लोकतान्त्रिक आन्दोलनको मात्रै अगुवा नभएर मुलुकमा आर्थिक समृद्धिको पनि अगुवाई गर्ने पार्टी भएको उनले बताए।

उनले कांग्रेस र माओवादी मिलेर मात्रै मुलुकमा गणतन्त्र आएको बताउदै बुटवलमा कांग्रेस माओवादी गठबन्धन स्वाभाविक रहेको बताए।

प्रकाशित: ११ असार २०७४ १३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App