२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बिर्तामोडमा बम फेला

झापा –  बिर्तामोडको बेग्लाबेग्लै स्थानमा आज बम फेला परेको छ । 

बिर्तामोड नगरपालिका–६ स्थित देवी उच्च मावि नजिकै सडक छेउ र सुब्बाचोकस्थित मैदानमा सुतुली बम फेला परेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ । 

मतदान केन्द्र रहेको देवी माविको करिब १५० मिटर नजिकै तार निस्किएको अवस्थामा बम फेला परेको हो । बिहान मर्निङवाकमा हिँड्ने मानिसले देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

अहिले सो स्थानको २०० मिटर वरपर खाली गराएर नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ । दुबै स्थानमा फेला परेको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको इप्रका अनारमनीका प्रहरी नायब निरीक्षक केशवकुमार थेवेले जनकारी दिए। 

निर्वाचन विरोधी समूहले त्रास फैलाउन बम राखेको हुन सक्ने अनुमान प्रहरीको छ । बम फेला परेपछि स्थानीय त्रसित भएका छन् । 

प्रकाशित: १२ असार २०७४ ०८:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App