१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

नुहाउँदा गर्न नहुने गल्ती

धेरै बेरसम्म पानीमा रहँदा शरीरमा रहेका प्राकृतिक तेल समाप्त भएर जान्छ । दिनहुँ नुहाउनु राम्रो हो । तर, नुहाउँदा कतिपय यस्ता गल्ती गरिन्छन्, जसले स्वास्थ्य र सुन्दरतामा हानि पुर्याइरहेका हुन्छन् । नुहाउँदा यस्ता गल्ती गर्नु हुँदैनः
–कतिपय मानिस तातो पानीले नुहाउन मन पराउँछन् । तातो पानीले नुहाउँदा शरीरमा रहेका आवश्यक तेल समाप्त हुन्छ । छाला सुक्खा हुन्छ,  जसले गर्दा चिलाउने समस्या देखिन सक्छ । जाडो याममा नुहाउँदा पनि तातो पानीको साटो मनतातो पानी प्रयोग गर्नु उपयुक्त हुन्छ ।
–धेरैले नुहाउँदा आधी घण्टाभन्दा बढी समय लगाउँछन् । यसरी लामो समयसम्म पानीमा रहँदा छाला सुक्खा हुन्छ । छालाको प्राकृतिक म्वइस्चराजर सकिन्छ । त्यसैले १० मिनेटभन्दा बढी पानीमा नबसेको राम्रो ।
–कतिपय मानिस बास्ना भएको साबुनले नुहाउन रुचाउँछन् । बास्नादार साबुनले छाला सुक्खा बनाउँछ । शरीरलाई आवश्यक पर्ने तेलयुक्त साबुनले नुहाउनु छालाका लागि बेस हुन्छ ।
–लामो समयसम्म एउटै नुहाउने ब्रसको प्रयोग गर्नु हुन्न । यसले छालामा हानि पु¥याउन सक्छ । जति पुरानो ब्रस अथवा बडी पफ हुन्छ, त्यसमा त्यति नै ब्याक्टेरिया हुन्छन् । एक महिना प्रयोग गरेपछि नुहाउने ब्रस वा पफ बदलिहाल्नुपर्छ ।

 

प्रकाशित: १२ असार २०७४ ०८:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App