२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

तेलः पीडाको ओखती

आयुर्वेदका अनुसार शरीरका विभिन्न भागमा तेल लगाउँदा स्वास्थ्य राम्रो हुनुका साथै विभिन्न रोगमा फाइदा पनि पुग्छ ।
–माइग्रेन छ भने टाउकोको जतापट्टि दुखेको छ, त्यसैतर्फको नाककोे प्वालमा चार÷पाँच थोपा तोरीको तेल हाल्नुपर्छ । पाँच दिनसम्म नियमित यसो गर्दा आधा पीडा कम हुन्छ ।
–दाँत दुख्दा तोरीको तेलमा केही थोपा कागतीको रस र नुन मिसाई दाँत माझ्नुपर्छ । यसो गर्दा दुखाइ कम भएको महसुस गर्न सकिन्छ ।
–तोरीको तेलमा नुन मिसाई दाँत माझ्दा गिजाको समस्याबाट राहत पाउन सकिन्छ ।
–जाडो याममा औँला सुन्निने समस्या भए तोरीको तेलमा नुन मिसाई तताउनुपर्छ । राति सुत्नुअघि हातखुट्टाको औँलामा लगाउनुपर्छ । खुट्टामा तेल लगाएपछि मोजा लगाउनुपर्छ । यसो गर्दा औँला सुन्निन कम हुन्छ ।
–जाडोमा खुट्टा फुट्दा तोरीको तेल लगाई त्यसमाथि बेसार दल्नुपर्छ । केही दिनमै फुटेका खुट्टा निको भएर जानेछन् ।
–ओठ फाट्ने समस्या भएकाले पनि सुत्नुअघि नाभिमा दुई÷तीन थोपा तोरीको तेल लगाउनुपर्छ ।
–तोरीको तेलमा नुन मिसाई छातीमा दल्दा कफको समस्याबाट राहत मिल्छ । खोकी पनि कम हुन्छ ।
–कान दुखेको छ भने तोरीको तेलले फाइदा गर्छ । तेलमा लसुन मिसाई तताउनुपर्छ । मनतातो भएपछि एक÷दुई थोपा कानमा हाल्नुपर्छ । यदि कानमा किरा पसेको छ भने पनि तेलमा बगेर बाहिर निस्किन्छ ।
–कपालमा जुम्रा परेको छ भने तोरीको तेलमा कागतीको रस मिसाई लगाउँदा जुम्रा मर्छन् ।
–लामखुट्टेबाट बच्न राति तोरीको तेल शरीरमा दलेर सुत्नुपर्छ ।
–तोरीको तेलमा बेसन, बेसार, अलिकति पिसेको कपुर, दही अथवा पानीको मिश्रण बनाई छालामा लगाउँदा छालाको रङ सफा हुन्छ ।
–पोलिएको भागमा नरिवलको तेल लगाउँदा जलन कम भएको महसुस गर्न सकिन्छ । पोलिएको निशान हटाउन नियमित नरिवलको तेल लगाउनुपर्छ ।
–राति सुत्नुअघि नरिवलको तेलमा भिटामिन ई क्याप्सुल मिसाएर अनुहारमा लगाउनुहोस् र बिहान पखाल्नुहोस् । यसो गर्दा छाला चम्किलो रहन्छ ।
–धेरै बेरसम्म डाइपर लगाउँदा कतिपय बालबालिकामा डाइपर ¥यासेजको समस्या देखिन्छ । त्यसबाट बच्न नरिवलको तेल लगाउन सकिन्छ ।
–घरबाहिर निस्कनुअघि नाकका दाहिने–देब्रे प्वालमा एक–एक थोपा तिलको तेल हाल्नुपर्छ । यसो गर्दा नाकमा धुलोमाटो पस्न पाउँदैन ।

 

प्रकाशित: १२ असार २०७४ ०८:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App