१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचनको तयारी पुरा

सोलुखुम्बु – यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको तयारी पूरा भएको छ। 

निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी टोली मतदानस्थलमा पुगिसकेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी जगनाथ दाहालले जानकारी दिए। 

निर्वाचनसम्बन्धी प्रशिक्षण लिएर मतपत्र, परिचयपत्रलगायत आवश्यक सामग्रीसहित मतदानस्थल पुगेका कर्मचारी अहिले मतदाता परिचयपत्र वितरणको काम गरिरहेका छन्। 

जिल्लाको आठ स्थानीय तहमा ६१ हजार ७४६ मतदाता रहेका छन् । जिल्लामा ११८ मतदानस्थलमा १२० मतदान केन्द्र रहेको छ । सबै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित ६६६ जना कर्मचारी परिचालन गरिएको छ। 

जिल्ला सुरक्षा समितिले निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अतिसंवेदनशील, संवेदनशील र सामान्य क्षेत्रको पहिचान गरी सुरक्षा व्यवस्था मिलाइएको समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । यहाँका २० मतदान केन्द्र अतिसंवेदनशील, ४४ कम संवेदनशील र ५६ केन्द्र सामान्य रहेका र सोही अनुसारको सुरक्षा व्यवस्था तैनाथ गरिएको उहाँको भनाइ छ । 

शान्ति सुरक्षा कायम गरी भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गराउन जिल्लामा एक हजार २०० नेपाल प्रहरी, ५९८ म्यादी प्रहरी, १८० सशस्त्र प्रहरी तथा नेपाली सेना परिचालन गरिएको छ । रासस 

प्रकाशित: १२ असार २०७४ ०९:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App