१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भरतपुरमा च्यातिएका मतपत्र जहाजबाट काठमाडौं

च्यातिएका मतपत्र जहाजमा राख्न लैजाँदै। मतपत्र अाजै सर्वाेच्च पुर्याइँदैछ। तस्विर: रमेश

चितवन—सर्वोच्च अदालतको आदेश बमोजिम भरतपुर महानगरपालिका वडा नं. १९ मा गणनाका क्रममा च्यातिएका मतपत्रहरु बोकेर मुख्य निर्वाचन अधिकृतसहितको टोली काठमाडौं हिँडेको छ। भरतपुरको मतगणना अन्तिम चरणमा पुग्नै लाग्दा गत जेठ १४ गते मध्यरातमा माओवादी बुथ प्रतिनिधिले मतपत्रहरु च्यातेका थिए। मतपत्र च्यातेको आरोपमा चितवन प्रहरीले तत्कालै दुई माओवादी कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाएको थियो।

मतपत्र च्यात्ने माओवादी कार्यकर्ता उनीहरु मधु न्यौपाने र द्रोणबाबु सिवाकोटीलाई चितवन जिल्ला अदालतले थुनामुक्त गरिसकेको छ। 

भरतपुरको १९ र २० नम्बर वडाको मत गणना हुन बाँकी रहँदा ज्ञवाली दाहालभन्दा ७८१ मतले अगाडी थिए। ती दुई वडाको गणनापछि अन्तिम परिणाम घोषणा हुँदै थियो। त्यही बेला माओवादी बुथ प्रतिनिधिले मतपत्र च्यातेका थिए। प्रमुख निर्वाचन अधिकृत कवीप्रसाद न्यौपानेले मतपत्र च्यात्नेलाई आफूले नदेखेको बताएका थिए। उनले मतगणनास्थल रणमैदानमा परिणत भएको सार्वजनिक जानकारी दिएका थिए।

काँग्रेस माओवादी गठबन्धनबाट मेयरमा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाल उम्मेद्वार छिन्। एमालेले देविप्रसाद ज्ञवालीलाई मेयरमा उठाएको छ। दाहाल र ज्ञवालीबीच रोचक प्रतिस्पर्धा थियो। भरतपुरको १९ र २० नम्बर वडाको मत गणना हुन बाँकी रहँदा ज्ञवाली दाहालभन्दा ७८१ मतले अगाडी थिए। ती दुई वडाको गणनापछि अन्तिम परिणाम घोषणा हुँदै थियो। त्यही बेला माओवादी बुथ प्रतिनिधिले मतपत्र च्यातेका थिए।

प्रमुख निर्वाचन अधिकृत कवीप्रसाद न्यौपानेले मतपत्र च्यात्नेलाई आफूले नदेखेको बताएका थिए। उनले मतगणनास्थल रणमैदानमा परिणत भएको सार्वजनिक जानकारी दिएका थिए।

मतपत्र च्यातिएको वडा नं. १९ मा मतगणना वा फेरि मतदान गराउने भन्ने विषयमा एक महिना हुन लाग्दा पनि निर्णय आएको छैन। निर्वाचन आयोगले मतपत्रहरु च्यातिएका कारण त्यहाँ फेरि मतदान गराउने निर्णय गरेको थियो। तर एमालेले आयोगको निर्णयको विरुद्ध सवोच्च अदालतमा रिट निवेदन दायर गरेको छ। रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्चले च्यातिएका मतपत्रकाे सक्कल प्रति मगाएकाे हाे।

मतपत्र च्यातिएपछि नेपाली काँग्रेस र माओवादी केन्द्रले फेरि मतदान गराउनु पर्ने माग गरेका थिए । एमालेले भने गणना सुरु गर्नु पर्ने अडान राख्दै आएको छ। भरतपुर महानगरपालिकाको मेयर उपमेयरमा काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल छ। मेयरमा काँग्रेसले माओवादी केन्द्रका उम्मेद्वारलाई समर्थन गरेको छ भने उपमेयरमा माओवादीले काँग्रेसका उम्मेद्वारलाई समर्थन गरेको छ ।

काँग्रेसको गढको रुपमा परिचित वडा नं. १९ मा खसेको २८९७ मतमध्ये १८ सय मत गन्दा पनि रेणुको पक्षमा सोचे अनुरुपको मत आएको अवस्था थिएन। माओवादीले आशा गरेअनुसार मत नपाएपछि मतपत्र च्यात्ने घटना भएको थियो। सर्वोच्च अदालतले च्यातिएका मतपत्रहरु, मतपत्र च्यातिएपछि प्रहरीले गरेको रिपोर्टिङ र मतपत्र च्यातेको अभियोगमा चितवन जिल्ला अदालतमा चलेको मुद्दाको मिसिल मगाउने आदेश गरेको थियो।

भरतपुरका मुख्य निवाृचन अधिकृत कविप्रसाद न्यौपानेको टोली यी तीनवटै विवरणहरु बोकेर भरतपुरबाट हिँडेको छ। उनीहरु जहाजमा चढेर काठमाडौंका लागि विबहान सावा आठ बजे उडेका छन्। भरतपुर १९ का ९० मतपत्र च्यातिएको यकिन भएको थियो। ती मतपत्रहरु मतपेटिकामा राखेर पठाइएको छ। 

 

प्रकाशित: १३ असार २०७४ ०३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App