१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विप्लव माओवादीका कार्यकर्ता पक्राउ

उदयपुर-  स्थानीय तहको चुनाव विथोल्न खोजेको आरोपमा यहाँ २ जना पक्राउ परेका छन्। चुनाव बिथोल्ने शंकास्पद गतिबिधिमा संलग्न भएको आरोपमा नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका कार्यकर्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

                सदरमुकाम गाईघाट बजारबाट सोमबार साँझ नेकपाका जिल्ला सदस्य नयन राई (सिद्धान्त) र पश्चिमी बजार कटारीबाट पूर्ण राईलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी नरबहादुर केसीले बताए। यसैबीच मध्यराति ठूलो आवाजका साथ पड्केको सुत्ली बम भएको पत्तो लागेको छ। 

                मंगलबार विहान पौने १: ०० बजे ठूलो आवाजका साथ बिष्पोट भएको थियो । बिष्पोटको आवाजले बजार त्रसित भएपछि प्रहरी परिचालन बढाइएको थिाये । एसपी केसीले सदरमुकाम पूर्वी भेगको बरुवा खोलमा जम्बो कोकभित्र ‘हाईएक्ल्युजिभ जिलेटिन’ राखेर विष्पोट गराइएको पाइएको बताए । उनले नेकपा कार्यकर्ता पक्राउ परेको ३ घण्टापछि सो विष्फोट भएलगत्तै प्रहरी परिचालन गरिएको र अपराधीको खोजी भईरहेको बताएका छन्।

                उदयपुरमा चुनावका लागि तथा ३ हजार प्रहरी र म्यादी परिचालन गरिएको छ । त्यस्तै १ हजार २ सय २२ कर्मचारी खटाइएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजलुलीले बताए।

प्रकाशित: १३ असार २०७४ १०:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App