१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुनसरीमा मतदानको बेला हवाई गस्ती

इटहरी- बुधबार हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सुनसरी जिल्लालाई सुरक्षाका आधारमा संवेदनशील क्षेत्र घोषणा गरि सेनाले हवाई गस्ती गर्ने भएको छ। पूर्वका जिल्लामध्ये गृह मन्त्रालयले सुनसरीलाई संवेदनशील जिल्लामा राखेको छ।

‘जिल्लामा सुरक्षामा कमी हुन नदिनका लागि मतदानको बेला सेनाले हवाई गस्ती समेत गर्ने भएको छ,’ मंगलबार प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले भने । उनका अनुसार, मतदान केन्द्रमा सेनाले तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्नेछ ।  एक सय ६६ वटा मतदान स्थलका चार सय ८५ वटै मतदान केन्द्रमा सुरक्षा व्यवस्था पुरै कडा पारिएको छ ।

प्रत्येक मतदान केन्द्रको भित्री सुरक्षाका लागि जनपथ प्रहरी, बाहिरी सुरक्षाका लागि सशस्त्र प्रहरी र तेस्रो घेरामा सेनाको टोली परिचालन गरिएको छ । जिल्लाभर म्यादी र जनपथ प्रहरी गरि जिल्लाभर तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । सशस्त्र प्रहरी एक जना जना र सेनाले १५ स्थानमा अपरेटिङ् पोष्ट स्थापना गरि सुरक्षाकर्मी परिचालन गरेको छ।

सुनसरीमा कुल चार लाख २१ हजार १५९ जना मतदाता रहेका छन् । जिल्लाभर दुई उपमहानगरपालिका, चार नगरपालिका र छवटा गाउँपालिका छन्।

प्रकाशित: १३ असार २०७४ १४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App