१७ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

इलाममा मतदान केन्द्रनजिक बम विष्फोट

इलाम –  स्थानीय तह मतदान भइरहेका बेला इलामको इलाम नगरपालिका–७ स्थित आदर्श आधारभूत विद्यालयको मतदान केन्द्रमा बम विष्फोट भएको छ । विष्फोटबाट कुनै मानवीय क्षति नभएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

‘अहिले १० बजेर २० मिनेटमा यहाँ बम विष्फोट भएको हो । तर, कुनै हताहती भएन,’ उनले नागरिकन्युजसँग भने, ‘जिल्लाका अन्य सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।’ बम विष्फोट कसले गरायो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए । नेपाली सेनाको टोलीले विष्फोटस्थलको अवलोकन गर्दैछ भने अहिले मतदान पुनः चालू भइसकेको छ ।

 

प्रकाशित: १४ असार २०७४ ०४:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App