१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विषसरि 'बिजुली तेल'

काठमाडौं- तपाईंले बाथ, जोर्नी दुखेको, आगोले पोलेको, ढाड दुखेको, टाउको दुखेको, हातखुट्टा काटेको ठाउँमा मालिस गर्न बिजुलीको तल प्रयोग गर्दै आउनुभएको छ? छ भने हासियार! बिजुलीको तेल प्रयोगलाई अन्तर्राष्ट्रिय जगत्ले प्रतिबन्ध लगाइसकेको छ। मानव स्वास्थ्य र वातावरण प्रदूषणका दृष्टिकोणले यो अत्यधिक विषाक्त तेल मानिन्छ।  वैज्ञानिक अध्ययनले यसलाई अति विषाक्त पुष्टि गरिसके पनि सर्वसाधारण नेपालीले अझै औषधिमूलोका रूपमा प्रयोग गर्दै आएका छन्।

बिजुलीको ट्रान्सफर्मरभित्र प्रयोग हुने तेललाई बिरामीले 'बिजुलीको तेल' नाम राखेका छन्। यो रसायन राइफलमा पनि प्रयोग हुने हुनाले सर्वसाधारणले यसलाई 'राइफलको तेल' पनि भन्छन्।

विद्युत् प्राधिकरणको लैनचौरस्थित ट्रान्सफर्मर मर्मत केन्द्रमा हिजोआज पनि 'बिजुली तेल' लिन बिरामी आउँछन्। राजधानीमा मात्र होइन, गाउ“घरमा पड्किएका ट्रान्सफर्मर बनाउन ल्याउने क्रममा प्राधिकरणका स्थानीय कर्मचारीले तेल त्यहीं सफा गर्छन् र गाउँबासीले त्यो तेल उपचारमा प्रयोग गर्न लैजान्छन्।  

'नेपाली समाजमा कतिसम्मको अन्धविश्वास छ भन्ने उदाहरण हो यो', विद्युत् प्राधिकरणको लैनचौरस्थित ट्रान्सफर्मर मर्मत केन्द्रका वरिष्ठ सहायक दीपक अधिकारी भन्छन, 'ससाना सिसाका बोतल बोकेर आउ“छन्। प्रयोग गर्नु हुँदैन भन्दाभन्दै पनि जिद्दी गरेर लैजान्छन्।'

उनले विगत केही वर्षको तुलनामा यो तेल लिन आउनेको संख्या घट्दै गएको जानकारी दिए। 'हामी उनीहरूलाई बुझाउनै धेरै प्रयत्न गछर्ौं तर मनाउन सक्दैनौं, सानो सिसीमा लिएर जान्छन्', अधिकारीले भने, 'तीन/चार बर्षयता यसरी लिन आउनेको संख्या घटेको छ।'

सर्वसाधारणले बाथ, जोर्नी दुखेको, आगोले पोलेको, ढाड दुखेको, टाउको दुखेको, हातखुट्टा काटेको ठाउँमा मालिस गर्न यो तेल प्रयोग गरिरहेका छन्। 'हाम्रो समाज कतिसम्म अन्धविश्वासमा बाँचेको छ भन्ने ज्वलन्त उदाहरण हो। यो औषधि होइन, मानव स्वास्थ्यका लागि मन्द विष हो', विषादी तथा रसायनशास्त्री डा. भूपेन्द्र देवकोटाले नागरिकस“ग भने, 'यसको प्रयोगबाट मानव स्वास्थ्यमा जटिल रोग लाग्छन्। यसको पुष्टि अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले गरिसकेका छन्।'

उनका अनुसार तेल आफंैमा विषाक्त नभए पनि यसमा मिसाइने गरेको पोलिक्लोरिनेटेड वाइफिनाइल (पिसिबी) तŒव मानव स्वास्थ्य र वातावरणका लागि हानिकारक मानिन्छ। तत्काल यसको असर नदेखिए पनि दीर्घकालमा यसले स्वास्थ्यमा नकारात्मक असर गर्छ।

हालसम्मको अध्ययनअनुसार पिसिबी रसायन वातावरणमा आइसकेपछि वा यसबाट प्रदूषित खाद्यान्न वा कुनै पनि उपभोग्य वस्तुको सेवन गरेमा रोगीलाई विभिन्न किसिमका स्वास्थ्य समस्या देखा पर्छन्। यसबाट प्रतिरोत्धात्मक शक्तिमा ह्रास आउने, क्यान्सरजस्ता जटिल रोग लाग्ने, स्नायु प्रणालीमा असर गर्ने, स्मरण शक्तिको ह्रास, मानसिक असन्तुलन, सन्तान उत्पादन प्रक्रियामा असर, कलेजोमा असर गर्ने जस्ता समस्या देखिन्छन्। साथै छाला चिलाउने, आ“खा पोल्ने, श्वास नलीमा जलन, टाउको दुख्ने र गह्रौं हुने लक्षण देखा पर्छन्।

'सर्वसाधारणले यो तेल प्रयोग गरिरहेको थाहा पाएपछि हामीले पुराना ट्रान्सफर्मरमा भएका पिसिबीयुक्त तेल प्रशोधन गर्‍यांै', वातावरण मन्त्रालयअन्तर्गतको दीर्घायी विषादी नियन्त्रण कार्यान्वयन योजना समीक्षासम्बन्धी परियोजनाका संयोजकसमेत रहेका डा. देवकोटाले भने, 'हाम्रो समाजले विषलाई औषधि मानेर प्रयोग गरिरहेको छ।'  उनले आफ्नो अध्ययनका क्रममा पढेलेखेका सर्वसाधारणले पनि सोर्सफोर्स लगाएर बिजुली तेल प्राधिकरणबाट लैजाने गरेको तथ्य थाहा पाएको जानकारी दिए।

उनले स्वास्थ्यका लागि हानिकारक छ भन्ने अन्तर्राष्ट्रिय अध्ययनबाट पुष्टि भएपछि विद्युत् प्राधिकरणलाई तत्काल यस्तो तेल बेच्न रोक लगाएको बताए। 'सुरुमा तेल बेच्न रोक्यौं। पिबिसी हटाउने अभियान सुरु गर्‍यौं', डा. देवकोटाले भने।

प्राधिकरणले लैनचौर, रत्नपार्क र मर्स्याङ्दी जलविद्युत् आयोजनाबाट यस्तो तेल लिलाम बिक्री गर्दै आएको थियो। यस्तो तेल व्यापारीले खरिद गरेर ग्रिल कारखानामा बिक्री गर्दै आएका थिए। यो तेल ग्रिल वेल्डिङ मेसिनमा प्रयोग हँुदै आएको थियो। 'यस्ता वर्कसपमा काम गर्नेहरू पनि विभिन्न रोगका सिकार भएको अध्ययनले देखाएका छन्', उनले भने।  अध्ययनका क्रममा ट्रान्सफर्मर सफाइमा लामो समयदेखि सक्रिय प्राधिकरणका दुईजना कर्मचारी दमका कारण ज्यान गएको र दुईजना यही बिरामीबाट सिकिस्त भएको जानकारीसमेत पाएको देवकोटाले बताए। 

उनका अनुसार संयुक्त राष्ट्रसंघको औद्योगिक विकास संगठन (युनिडो) को आर्थिक सहयोगमा प्राधिकरणले प्रयोग गर्दै आएको तेल प्रशोधन गरेर पिसिबी हटाइएको हो। 'हामीले प्राधिकरणका १५ वटा ठूला ट्रान्सफर्मरमध्ये १४ वटाको तेल प्रशोधन गर्‍यौं', उनले भने, 'साना करिब १८५ ट्रान्सफर्मरमध्ये १४० वटाको तेल पनि सफा गर्‍यौं।' डा. देवकोटाका अनुसार करिब साना/ठूला ट्रान्सफर्मर र मर्स्याङ्दी विद्युत् आयोजनाको गरेर करिब ११० टन तेल प्रशोधन गरिएको छ। अहिले प्राधिकरणले प्रयोग गरिरहेको तेलमा पिसिबीको मात्रा स्टकहोम महासन्धिले तोकेभन्दा धेरै थोरै छ। ५० पिपिएसभन्दा बढी पिसिबी तेलको प्रयोग हानिकारक मानिन्छ।

'हामीले प्रशोधन गरेको तेलमा १० देखि १५ पिसिबी कायम गरेका थियौं', डा. देवकोटाले भने। पन्ध्रवटा ठूला ट्रान्सफर्मरमध्ये मंलगवाको एउटा ठूलो ट्रान्सफर्मरको तेल प्रशोधन गर्न नपाइएको उनको गुनासो छ। 'अहिले हामी पिसिबीको जोखिमबाट लगभग मुक्त भएका छौं', उनले भने।   

वातावरण मन्त्रालयको पहलपछि विद्युत् प्राधिकरणले ट्रान्सफर्मर खरिद गर्दा पिसिबी रसायन प्रयोग नभएको खरिद गर्न थालेको छ। 'अब नेपालमा पिसिबीरहित ट्रान्सफर्मरहरू भित्रिन थालेका छन्', डा. देवकोटाले भने। उनले पिसिबी नियन्त्रण अभियान सफल भएपछि अन्तर्राष्ट्रिय सहयोग निरन्तर रूपमा आएको बताए। 'युनिडोमार्फत अहिले पनि ग्लोबल इन्भारोमेन्ट फन्डको आर्थिक सहयोगमा दीर्घायी विषादी तथा रसायन नियन्त्रणमा काम गरिरहेका छौं', देवकोटाले भने। त्यही सहयोगमा उनी संयोजक रहेको परियोजनाले दीर्घायी विषादीसम्बन्धि राष्ट्रिय कार्यान्वयन योजना परिमार्जन गरेको छ। यसलाई नेपाल पक्ष राष्ट्र भएको स्टकहोम महासन्धि सचिवालयमा बुझाउने तयारी छ।

दीर्घायी विषादीसम्बन्धी स्टकहोम पप्स महासन्धिले सूचीकृत गरेका २२ रसायनमध्ये पिसिबी एक हो। यो रसायनको सबैभन्दा पहिले स्न १८६५ मा पत्ता लागे पनि यसको व्यावसायिक उत्पादन अमेरिकामा सन् १९९२ देखि सुरु भएको हो।

बिजुलीको कुचालक र ताप सोस्न सक्ने गुणका कारण सन् १९२९ देखि १९७८ सम्म यस रसायनको प्रयोग औद्योगिक क्षेत्रमा व्यापक भयो। खासगरी बिजुलीको ट्रान्सफर्मर, क्यापासिटर, हाइड्रोलिक फ्लुइड, भोल्टेज, रेगुलेटर, भ्याकुम पम्प, टर्वाइन र पेन्ट, लेब्रिकेटिङ तेल, अग्निनिरोधक सामग्रीमा प्रयोग भयो। यसको उत्पादन अमेरिकासहित अस्ट्रिया, चीन, फ्रान्स, जर्मनी, इटाली, जापान, रुस, बेलायतमा भएको पाइन्छ। 

प्रकाशित: १६ असार २०७४ ०१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App