१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

इलामको सूर्योदयमा एमालेको विजय निश्चित

इलाम- सूर्योदय नगरपालिकाको मेयरमा नेकपा एमालेका रनबहादुर राई (आरबी) र उपमेयरमा एमालेकै दुर्गादेवी भट्टराई विजयी हुने निश्चित भएको छ। जम्मा १४ वटा वडा रहेको यो नगरपालिकामा अहिलेसम्म वडा १३ सम्मको मतगणना भइसकेको छ।

 वडा १४ को मतगणना बाँकी रहँदा मेयरमा एमालेका राईको १२ हजार १३४ मत छ भने निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमलाल राईको ९ हजार ५१५ मत छ। दुवैको मतअन्तर २६ सय १९ छ। तर, मतगणना गर्न बाँकी वडा १४ को कुल मतदाता संख्या २५ सय ९१ रहेकामा १९ सय ४४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। खसेको सबै मत निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका प्रेमलाललाई गएपनि एमालेका रनबहादुरको मतसँग बराबर हुन नै उनलाई ६७५ मत आवश्यक हुन्छ।

 यस्तै, १३ नम्बर वडासम्मको मतगणना सकिँदा उपमेयरमा भट्टराईको १२ हजार ११३ मत छ। निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी बन्दना अधिकारीको ९ हजार १११ मत छ। भट्टराई र अधिकारीको अहिलेको मत अन्तर नै ३ हजार २ छ। १४ वडामा खसेको १९ सय ४४ मत सबै अधिकारीलाई जाँदा पनि भट्टराईको मतसँग बराबर हुन उनलाई १ हजार ५८ मत आवश्यक पर्छ।

प्रकाशित: २० असार २०७४ ०१:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App