१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

धरान १२ मा एमालेको प्यानल विजयी

धरान- मतगणना जारी रहेको धरान उपमहानगरपालिका वडा नं १२ मा नेकपा एमालेको प्यानल विजयी भएको छ।

शुक्रबार मध्याह्न(साढे १२ बजे) निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार वडा १२ मा एमालेका टंकबहादुर राईले ७ सय ९३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका भोजकुमार न्यौपानेले ५ सय ३ मत मात्र पाए । विजयी राईको प्यानलबाट महिला सदस्यमा चुन्नु थापा(८०६ मत), दलित महिला सदस्यमा शान्तीकुमारी त्रिखत्री(७४८ मत) र सदस्यद्धयमा बिनिता बज्रचार्य(७१७ मत) र ब्रहमज्ञ भटराई(७१३ मत) विजयी भएका छन्।

धरानको २० वटा वडाहरुमध्ये हालसम्म ९ वटा वडाको मात्र मतगणनाको नतिजा सार्वजनिक भएको छ। ती वडामध्ये ६ वटामा एमाले र ३ वटामा कांग्रेसको प्यानल विजयी भएको छ भने नेकपा माओवादी केन्द्रले एउटा पनि वडामा जित पाउन सकेको छैन। एमालेले वडा ३, ४, ६, ७, ८ र १२ मा प्यानल जितेको छ भने कांग्रेसले वडा १, २ र ५ मा प्यानल जितेको छ। 

धरानमा वडा नं १ देखि ८ सम्मको मतगणना भइसकेको छ। वडा ९ र १० को पनि गणना कार्य सकिए पनि परिणाम घोषणा अघि विवाद भएपछि परिणाम सार्वजनिक गरिएको छैन । वडा ८ सम्मको परिणामअनुसार वडा १, २ र ५ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ भने वडा ३, ४, ६, ७ र ८ मा एमालेको प्यानल विजयी भएको छ । मेयर र उपमेयरमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् भने दोस्रो स्थानमा कांग्रेसका उम्मेदवार छ।

प्रकाशित: २३ असार २०७४ ०९:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App