१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

नेपालीले अमेरिकामा सञ्चालन गरेको स्कुलले जित्यो तीन स्वर्ण

डेट्रोइट- यहाँ भएको अमेरिकाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालीले सञ्चालन गरेको स्कुलले तीन वटा स्वर्णसहित छ पदक जितेको छ। मिचिनग राज्यको वाटारफोर्डस्थित ज्योति एभरेष्ट तेक्वान्दो स्कुलबाट प्रशिक्षित् मार्कस मेलसेर्ट, मोर्गान स्पार्क्स र लेस्ली डेनियलले मिचिगनका लागि स्वर्ण पदक जितेको स्कुलका सञ्चालक एवं पूर्व नेपाली तेक्वान्दो प्रशिक्षक लभप्रसाद गोर्खालीले बताए।

प्रतियोगितामा निकोलस मिज्कोभिचले रजत पदक जितेका छन् भने एलेन नावारेत तथा एलिना टोमाजले कास्य पदक जितेका छन्। ती सबै खेलाडीलाई प्रशिक्षक अमूल गोर्खाली तथा सहायक प्रशिक्षक अनमोल गोर्खालीले प्रशिक्षण प्रदान गरेका थिए।

‘हामीले अझ बढी अपेक्षा गरेका थियौँ तर प्राप्त परिणामबाट निराश भने पनि उत्साहित नै छौँ,’ उनले भने।

मुख्य प्रशिक्षक समेत रहेका लभप्रसाद गोर्खालीले भने, 'यसअघि गत अप्रेलमा भएको राज्य स्तरीय छनोट प्रतियोगितामा प्राप्त परिणामबाटै हामीले राष्ट्रिय प्रतियोगितामा सफलता पाउने आशा गरेका थियौं।'

आफूहरूले त्यसअनुसार तयारीसमेत गरेको बताउँदै उनले भने, 'प्राप्त परिणामले भाविस्यका लागि अपेक्षाका थप ढोका खोली दिएको छ।'

उक्त छनोट प्रतियोगितामा स्कुलका सबै १६ प्रतिस्पर्धिले स्वर्ण पदक जितेका थिए। सन् २०११ मा स्थापना भएको उक्त स्कुलमा हाल विभिन्न उमेर समूहका ८५ जना जति खेलाडीले प्रशिक्षण प्राप्त गरिरहेका छन्।

प्रतियोगिता ३० जुनदेखि जुलाई ६ सम्म भएको थियो।

प्रकाशित: २४ असार २०७४ ०६:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App