२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पाल्पामा बम पड्कियो, स्थानीय त्रसित

पाल्पा- तानसेनमा बम विष्फोट भएको छ। मंगलबार बिहान ४ बजे नगरको भगवतिटोलस्थित गणेश मन्दिर नजिकै प्रेसर कुकर बम विष्फोट भएको हो। बम विष्फोटबाट कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ।

बिहानको समयमा बम बिस्फोटको आवाज आएपछि स्थानीय त्रसित भएका छन्। सर्साधारणहरु बिहान मर्निङ वाकमा निस्कनसमेत सकेका छैनन्। बिहानै मर्निङ वाकमा निस्केका समेत घर फर्किन सकेका छैनन्।

आज विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द आह्वान गरेको छ। यसकारण नेकपाका कार्यकर्ताले बम विस्फोट गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। बम विष्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ असार २०७४ ०२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App