१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

विराटनगरमा गोली प्रहारबाट एक महिला घाइते

विराटनगर – विराटनगरको मुनालपथमा बिहीबार एकाबिहानै गोली प्रहारबाट एक महिला घाइते भएकी छन् । 

उदयपुरको बेल्टार बस्ने ४७ वर्षीया टीनादेवी विष्ट रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घाइते महिलाको विराटनगर अस्पतालमा उपचार भइरहेको छ। 

मोटरसाइकलमा आएका दुईजना अज्ञात व्यक्तिले गोली प्रहार गरी उनको साथमा रहेको रु ११ हजार लुटेको बताइएको छ । घाइते विष्ट सो अस्पतालबाट उपचार गराई एकाविहानै आफ्नो घर फर्किन लागेको समयमा सो घटना भएको बुझिएको छ। रासस 

प्रकाशित: २९ असार २०७४ ०५:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App