१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

पुस्तक अंश : सङ्लीको भट्टी

हरिमाया भेटवाल

जिउबाट छुट्टिएर नवजात धर्तीमा आउने क्रममा थियो। लक्षिमाको पीडा चिच्याहट बनेर फैलिरहेको थियो। आँगनमा लक्षिमाका घाँस–दाउराका साथी जम्मा भएका थिए। घरको मूल ढोका बन्द थियो। भित्रिएकी थिइन्, गाउँकी पाकी सुँढिनी आमै पनि। जो सन्तान जन्माउन लक्षिमालाई हौसला दिइरहेकी थिइन्।

'तेरै भराँ हिँड्या'थे“। जाँ तइँले विश्वास गरिस् त्याँ मुइले गरे“। रिन गरेर भए पुनि कुनै कुराको कमी गरिनँ। पूजाआजा, कुखुरो, नगद सप्पै गरे“। खोइ ता खोइ? काँ'गो मेरो छोरो?'

'निकै सकस परेजस्तो छ तेरी बूढीलाई,' भर्खर आएकी गंगा भन्दै थिइन् सोमेलाई।

'खै के भन्नु?' सोमे अलमलमा थियो।

'हैन पोइलो बेथा पुनि एति गाह्रो भ'को थेन एल्लाई।'

'छोरो जन्माउन लाग्या भ'र निकै गाह्रो भो।'

'आमालाई के भ'को ब्वा?' अत्तालिएर सोधी सावीले।

'तँ भाइकी दिदी बन्न लाग्या'छेस्,' ढुक्कले बोलिरहेको थियो सोमे।

'तँलाई पाजी पाउनु कताकता, छोराको बाउ बन्न हतारो तँलाई,' गंगाको झपार खायो सोमेले।

भाइकी दिदी बन्ने कुराले सावीको मन खुसी भयो। भित्र आमा चिच्याएको सुन्दा फेरि मन दुःखी भयो।

'कति गाह्रो भो नि मेरी लक्षिमालाई?' हातमा चाँदीको कल्ली नियालेेर बोल्यो सोमे।

'ए आमा,' चिच्याई लक्षिमा।

'च्याँ, च्याँ, च्याँँ,' धर्तीमा आएको बच्चाले जानकारी दियो।

'लौ सोमे बधाई छ।'

सोमे छोराको अनुहार हेर्न तड्पियो। ऊ दौडिएर ढोकाछेउ पुग्यो। बिस्तारै ढोका उघि्रयो। टालोमा बेरिएको शिशु बोकेर आमै बाहिर निस्किइन्।

'ला मुख हेर् सोमे,' सुँढिनी आमैले उसको हातमा शिशु राखिदिइन्।

'मेरो छोरा,' मन गद्गद् पारेर बोल्यो सोमे।

'होइन छोरी हो,' आमै बीचैमा बोलिन्।

टाउकोमा चट्याङझैँ बजि्रयो आमैको बोली। विश्वासै लागेन सोमेलाई। हात कमाउँदै बेरिएको टालो बिस्तारै तलतिर झार्‍यो र आफ्नै आँखाले हेर्‍यो। थुइक्क! उसको काखमा छोरी थिई। उसले हेर्नै सकेन। आँखा चिम्म गरेर दाँत किट्यो। भाउन्न भएर फनफनी घुमिरहेको थियो संसार– उसलाई रिँगटा चलाउँदै। उभिनै गाह्रो भयो।

आँखा उघार्‍यो। आँखाबाट बाढी उर्लियो। यसरी उसको विश्वास भत्कियो कि जिउमा बेतोडले काम छुट्यो। उभिएका केही साथीभाइलाई छिचोल्दै निस्किन खोज्यो– नानी च्यापेर।

गंगाले च्याप्प हात समातिन् र नानी खोसेर भनिन्, 'तेरो होस त ठीक ठाउँमा छ सोमे?' ऊ लाटो बन्यो र लाट्टिँदै निस्कियो त्यहाँबाट।

०००

सोमेलाई सन्तोष भएन। असन्तोषको ज्वालामुखी भित्रभित्रै भुर्भुराएपछि राँक्किँदै सङ्लीको भट्टीमा छिर्‍यो!

रक्सी धोकेर किस्नेको आँगन हल्लाउन आइपुग्यो।

'के भो सोमे?' सानो ‰यालबाट च्याउँदै बोल्यो किस्ने।

'मलाई मर्नु भको'छ तल ओर्ली चाँडो।'

'ल भन् के भो?'

'छपछपी काटेर फ्याक्ला पार्दे मलाई। तेरा भराँ लागेर मेरो जुनी बर्बाद भो।'

'मुइले के गरे“ र तेस्तो?'

'तइँले गरिस्। अनि त्यो डाँका लट्टे झाँक्रीले गरो।'

'यसरी रन्केर होइन। अलि खुलस्त भन् मलाई।'

'भुत्राको चिसिनु अब। मेरो ता जाहाजै डुबायौ तिमेर्ले। छोरो भन्दाभन्दै छोरी जात जन्मिई। अब के गर्नु माला लाउनु छोरीको?'

'यो ता ठ्याक्कै उल्टो भो।'

'मलाई उल्ट्या'र तुर्लुङ्मा झुन्ड्यायौ। डुबायौ मलाई तिमेर्ले।'

'मुइले ता एउटा दौ“तरीको नातामा विश्वास गरेर त्याँ लग्या'थे“। अइले छोरी पाउनेबित्तिकै मेरो भराँ बिग्रे“ भन्न पाउँछस्?'

'तेरै भराँ हिँड्या'थे“। जाँ तइँले विश्वास गरिस् त्याँ मुइले गरे“। रिन गरेर भए पुनि कुनै कुराको कमी गरिनँ। पूजाआजा, कुखुरो, नगद सप्पै गरे“। खोइ ता खोइ? काँ'गो मेरो छोरो?'

'त्यो कुरो ता मलाई था'भएन।'

'अइले था'छैन भन्न पाउँछस्?'

'के गर्छस् त?'

'एक एकलाई छप्काउँछु म।'

'तेरा एस्ता धम्कीले तर्सिंदैन यो किस्ने।'

'धम्कीले नतर्से यो मुक्काले ता तर्सेलास् नि!' सोमे जाइलाग्यो किस्नेमाथि। दुवै दौ“तरी आँगनमै लाप्पा खेल्न थाले। यसले सके यसले लडाउने, उसले सके उसले। उचाल्या'छन््, पछार्या'छन््।

'लउ न नि मार्न आँटो मेरा बूढालाई,' झम्टेर लोग्ने बचाउन दौडिई किस्नेकी बूढी मनमाया।

'छोड्देऊ छोड्देऊ मेरा बूढालार्ई,' बाँसको भाटोले सोमेको ढाडमै पड्काई उसले।

'लोग्ने स्वास्नी मिलेर कुट्ने? तँलाई पुनि काँ छोड्छु र म?' फनक्क फर्किएर लात्ताले हान्यो सोमेले। मनमाया भाटोसहित उत्तानो परी आँगनको अर्कोछेउ।

'मेरी बूढीलाई लात्ताले हान्ने तेरो खुट्टो...,' किस्ने फेरि जाइलाग्योे सोमेमाथि।

जुनेली रातमा दुई शूरवीर जोल्ठिएर पछारापछार गर्दै थिए। बिचरी मनमायाको के लाग्थ्यो र?

'लउ न नि मार्ने भो मेरा बूढालाई। गुहार, गुहार, गुहार,' रातको सन्नाटा चिरेर रुँदै चिच्याएको आवाज सुनियो मनमायाको।

०००

'भाउजू, ए लक्षिमा भाउजू,' कोही चिच्यायो बाहिर।

'फेरि यो राति को चिच्याउन आइपुगो याँ?' लक्षिमा सकीनसकी

उठ्न खोजी।

'होइन तँ बस् को र'छ म भित्रै ल्याउँछु,' गंगा जुरुक्क उठिन्।

'ए को हो हाओ? भित्र आऊ भित्र,' गंगाले बोलाइन् भित्रै। उदय हस्याङफस्याङ गर्दै भित्रै आयो।

'सोमे ग'र किस्नेको घरमा भाँडभैलो मच्चाएछ ए, लाप्पा खेलेर। मनमाया छुट्याउन ग'की। उल्लाई पुनि लात्तैलात्ताले गोदे छ। चिच्या'को सुनेर हामी जाँदा त ए बा हो... दुइटै रक्तमुछेल।' एक्कै सासमा बोल्यो उदय।

'लउ न के गर्ने?' लक्षिमा तर्सिई।

'पीर गर्नुपर्दैन छुट्या'र ल्याउँदै छन््।'

'होइन किस्नेसँग जाइलाग्नुपर्ने के कुरो परेछ?'

'छोरो पाउँछौ भनेर झाँक्री देखाउन लाने तेई किस्ने र'छ नि त।'

'ए, कुरो ता यस्तो पो र'छ?'

'अनि सोमे दाइलाई के भा'को छ?'

'किस्नेको मुड्कीले नाथ्री फुटेछ। रगत बग्याबग्यै। नाकाँ गोल घोटेर लाइ'देपछि बल्ल खुन थाम्यो।'

'हरे शिव! त्यही गोल गिदीमा पुनि घोट्दिनुपर्थ्यो नि! कुबुद्धि थामिन्थ्यो कि!' गंगालाई रन्को चलिरहेको थियो।

नाथ्री फुटाएर तित्राजस्तो बनेको सोमे आँगनको कुनामा सुर्ती सल्काएर कताकता हराइरहन्थ्यो।

'तिम्ले झाँक्रीको भराँ परेर हाम्लाई बिचल्लीमा पार्‍यौ,' आखिर लक्षिमाले नै मुख खोली।

उता सोमेले न मुख खोल्यो न मन। ऊ नबोलेपछि लक्षिमा बोल्न छाडी। एउटै छानोमुनि विपरीत कुनामा बिरानोजस्तो बसे दुवै।

हिजोआज सोमे दिउँसो गायब हुन्छ र राति देखा पर्छ। त्यो पनि सुत्केरी गन्ध माथ गर्ने गरी जिउमा अर्कै मगमग लिएर, कोदाको

सोम चढाएर।

किस्नेसँगको रडाकोपछि यो दौँतरी टुट्यो। हिजोका दिनमा कुम जोरेर हिँड्ने यिनीहरू आज गौ“डागोरेटामा भेट्दा पनि एकअर्कासँग छेलिएर हिँड्थे। हैन सोमे नै छेलिएर हिँड्थ्यो? गाउँसँग, गाउँलेसँग।

त्यो घटनाको लाजले हो वा छोराको बाउ बन्न नसकेको पीडाले! घरैमा हुँदा पनि धुमधुम्ती बस्थ्यो। न स्वास्नी न त छोरी, कसैसँग नबोल्ने। अझै भर्खरै जन्मेकी कान्छी छोरीको त अनुहार पनि नहेर्ने।

'के भको'छ, तिम्लाई भन त?' सोधेकी पनि हो लक्षिमाले।

'केई भ'को छैन,' बटारिँदै जवाफ फर्कायो सोमेले।

'अनि किन केई बोल्दौन ता।'

'तिम्लाई रहरको छोरो एउटा दिन सकिनँ। मेरो गल्ती हो र?'

'तइँले सिरानेमुनि लुका'को चामल हेर्‍या थि'स्?'

'तिमी मारे हत्ते मलाई था'थेन।'

'मलाई थुम्काको पिपल रुङ्ने पिचास बनेर मर्नु छइन लक्षिमा।'

'तिमी मर्दा म पुनि ता विध्विनी बाँच्न सक्दिनँ। बोरु जस्तै भा पुनि सध्विनीमै मर्नु परोस्।'

०००

आज दिउँसै घाम हरायो, सोमेले छोराको रूपमा घाम उदाओस् भन्ने सोचेको थियो। धुम्म आकाशले उसलाई कहाँ लुकायो लुकायो? मौसमले आज जोरी खोजेकोे दिन! त्यसैले आज सङ्लीको भट्टीमा तीघ्रा मुसार्दै जम्मा भएका थिए वीर योद्धाहरू। लस्कर नै लागेको थियो। सङ्लीलाई भ्याइनभ्याई। यो गिलास भरुँ कि त्यो गिलास? यो पिलेट भरुँ कि त्यो पिलेटमा थपुँ? सुकुटी पनि पर्पर्ती तारेकोतार्‍यै। ऊसँग भएको सामल रित्तिँदै थियो। अनि थैली भरिँदै!

योद्धाहरू गिलाससँग भिड्दै राता आँखा पारेर टप्पटप्प पिलेटको चौटा क्वाप्प पार्दै जाडो धपाउने होडबाजीमा लागेका थिए। बिचरा सोमेको सामुन्ने गिलास थियो पिलेट थिएन। के गर्नु मन थियो। पैसा थिएन। त्यसैले मुठीमा अलिकति नुन र अदुवाका ससाना चौटो च्यापेर एकाछेउमा टुक्रुक्क बसेको थियो।

'हुन त अदुवाका दुई चौटोमा सिंगो गिलास रित्याउन गाह्रो त गाह्रै हो। के गर्नु रक्सी पनि खासै कडा होइन। यो कस्तो रक्सी दिई सङ्लीले पानीजस्तो? कि जानीजानी पानीमा अलिकति रक्सी मिसाएर दिई? अरूले सुर्क्याउँदै गरेको रक्सी पनि यै हो त? आ, म त सोध्छु?' सोमेको मनले भन्दै थियो।

'सङ्ली तेरो रक्सी पातलिँदै गो है,' खप्नै नसकेपछि मुखैले प्वाक्कै भनिदियो।

'अनि तेरो उधारो याँ बाक्लिँदै ग'को था'छ कि छइन हउ,' सन्किएर बोली सङ्ली।

'आम्मुई नि! एत्रा मान्छेका माझाँ? ...सुन्नेले पुनि के भने होलान्?' भुतुक्कै भयो सोमे।

'उधारो भन्दैमा हेपेर पातलो रक्सी दिन मिल्छ र?' लाजले असिनपसिन हुँदै सुस्तरी बोल्यो सोमे।

'ए, तेरो तेस्तो कुरो। उसो भा कान चंख पारेर सुन्। मुइले चिँ दिँदै नदिन पुनि मिल्छ,' झन् डँडाल्नै भाँच्ने गरी बोली।

'त्यो ता तेरो कुरो। आइर'ने मान्छे हुँ। आज पो पोइसा छैन। भोलि ता तिरिहाल्थे“ नि।'

'तेरो कइलेई नआउने भोलिलाई कइलेसम्म कुर्नु मुइले?'

'हुन पनि हो नि सोमे, पालाको पै“चो त हुनुपरो नि। सङ्लीलाई पनि गाह्रै होला र त?' उदय सङ्लीको साथ लागेर बोल्यो।

'तँ माट्टोक्नेलाई। के मतलब बिचाँ बोल्न? एस्को पोइ होस् तँ?'

'ए चाइँदो कुरो गर्दा यो मेरो पोइ भो अब? लौ अब पोइसा खन्खन्ती यी“ गनेर झार्। नत्र नांगेझार पार्छु आज। भुसतिघ्रे ला'र तेरो ताण्डव नचाउँछु,' गोमन सर्पले जिउ उठाएजसरी पाखुरा सुर्किई सङ्लीले।

'लउ ता पिलेटाँ टन्न मासु हाल्। अनि कडा रक्सी ले...। आज तेरो पोइसा तिर्छु तिर्छु,' ‰वाँक चल्यो सोमेलाई पनि।

'हो एसो भन्। अनि पो जाँगर चल्छ। म जुठो भाँडा मा‰नेको मन किन र्‍वाउँछस्।'

'मुइले भन्दे“। आज हाँस्छेस् हाओ।'

तुरुन्तै कडा रक्सी आयो। अनि पिलेटभरि मासु पनि। एकैछिनमा गएको इज्जत एकै छिनमा फर्केेजस्तो भयो। पैसा त तिर्छु भन्यो खल्तीमा दुमो कौडी छैन के गर्ने होला?

'पोइसा तिरिनस् भने भुसतिघ्रे लाउँछु आज तँलाई,' आँखीभौ“ नचाएर बोल्दै थिई सङ्ली।

उधारो नतिरे यसले आज जात्रा गर्छे। भुसतिघ्रे लगाएर नांगेझार पार्छु भन्छे। त्यो भुसतिघ्रे पनि यही“ बसेर खाइरहेको छ। सङ्लीले आँखा सन्काउनेबित्तिकै जर्‍याकजुरुक उठ्छ त्यो। अस्ति यहाँ यस्तै बाँकी खानेलाई यो बजियाले आँखैअगाडि ढुटो हुनेगरी पिटेको थियो। यो भुसतिघ्रेसँग त रक्सी र मासु हसुरेको पैसा पनि लिन्न क्यारे सङ्लीले। लठैतजस्तो गरी सङ्लीको आज्ञा शिरोपर गर्दै मान्छेका हातखुट्टा सिन्को भाँच्यासरि भाँच्न अघि सर्छ। आज मेरो पनि नभाँच्ला भन्ने के छ र? खल्तीमा बिटो भए यो सङ्लीको मुखैमा फालिदिन्थे“ तर?

मनमा यस्तै कुरा खेलाउँदै र भुसतिघ्रेलाई हेर्दै जुरुक्क उठ्यो र सङ्लीलाई एउटा कुनामा बोलायो।

'मेरो हिसाब कति भ'को छ?'

'पुरानो हिसाब पाँच सय २५। आजको ९०। जम्मा गरी ६ सय १५। १५ रुपैयाँ तँलाई छुट। ६ सय दे।'

'तँ जुठो भाँडा मा‰नेको छुट खा'र मलाई मोटाउनु छैन। लौ ६ सय पन्ध्रै भयो। ल यो राख्,' सोमेले गोजीबाट कल्ली निकालेर दियो।

'के हो यो?' औ“लामा झुन्ड्याएर छङछङ बजाउँदै सोधी सङ्लीले।

'पिउर चाँदीको हो। पाँच तोलाको छ। हिसाप गरिराख्। म निखनेर लिन्छु।'

'कति पर्छ एस्को?'

'एक हजार नख्खद हाल्या'थे“।'

'यो तेरो बच्चाको कल्ली?'

'होइन माल जोडेर राख्या मत्तै थे“। आजसम्म कसैले ला'को छइन। पोइसो आएपछि निखनुँला अब।'

'निखन्न सकिनस् भने?'

'सकिनँ भने तेरै भो।'

'मुइना दिन कुर्छु। तेसपछि केई नभन् नि मलाई।'

'ल ल एक बट्टा बिजुली चुरोट पनि दे।'

सङ्लीलाई यो सौदा चित्त बु‰यो क्यारे– चुपचाप गल्लामा लगेर कल्ली सुटुक्क लुकाई। सोमेलाई खुसी–खुसी एक बट्टा चुरोट दिई। सोमेले प्याक चिथोरेर एउटा चुरोट सल्काउँदै आफ्नो बाटो लाग्यो।

(शनिबार विमोचन हुने हरिमाया भेटवालको उपन्यास कल्लीबाट)

प्रकाशित: ३१ असार २०७४ ०६:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App