१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

अनुज्ञाको ‘हामी गर्न सक्छौं’

काठमाडौं –  अनुज्ञा नेपालद्वारा लिखित बाल कविता संग्रह ‘हामी गर्न सक्छौं’ को आइतबार विमोचन भएको छ। उनको १३ औं जन्मदिवसका अवसरमा पुस्तक विमोचन गरिएको हो। चित्र कवितामा उनले विभिन्न समयमा लेखेका कविताहरुलाई संग्रह गरिएको छ। उनी एम्बिसन एकेडेमीमा कक्षा आठमा अध्ययनरत छन्।

कार्यक्रममा समालोचक डा. रामप्रसाद ज्ञवाली, कवि डा.देवी नेपाल, नेपाल बाल साहित्य समाजका अध्यक्ष तेजप्रकाश श्रेष्ठ, साहित्यकार गीता केशरी, रामदेव पाण्डे, देवी घिमिरे गायत्री विष्ट एवं स्कुलका प्राचार्य विष्णुकुमार घिमिरेले पुस्तकको विमोचन गरेका थिए।  

कार्यक्रममा बोल्दै समालोचक डा. रामप्रसाद ज्ञवालीले अनुज्ञाका कविता परिकृष्त भएको र उनले अनुज्ञामा विशाल सम्भावना भएको बताए। ज्ञवालीले भने, ‘अनुज्ञा उमेरले काँचो भएपनि उनका कवितामा जागृत चेतना र दुरदृष्टि विचार पाइन्छ ।’ पुस्तक अनावरण सँगै आतिथिहरुले अनुज्ञाको सिर्जनात्मक जन्मदिनमा बधाई तथा शुभकाभमना दिएका थिए । पुस्तकमा अनुज्ञा आफैले कोरेका चित्रहरु समावेश छन् । ऐरावती प्रकाशनले बजारमा ल्याएको कृतिमा १६ कविता संगृहित छन्।

प्रकाशित: २ श्रावण २०७४ १२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App