२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

महानगरबाट सडक स्तरोन्नतिका लागि काम शुरु

पथरी – विराटनगर महानगरपालिकाले विराटनगर क्षेत्रको विकासका लागि एकैपटक १४ वटा सडकको स्तरोन्नतिका लागि काम शुरु गरेको छ। 

नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमअन्र्तगत उक्त सडक व्यवस्थित एवं पुनःनिर्माण हुुन लागेको हो । 

चौधवटा सडकको निर्माण लागत एक अर्बभन्दा बढी रहेको छ । उक्त सडकको लम्बाइ २५ किमी रहने जनाइएको छ। 

महानगरपालिकाका विभिन्न १० वटा वडाका सडकलाई व्यवस्थित एवं विस्तार गर्न लागिएको हो । सडक विस्तारका लागि ठेक्काको कामसमेत सम्पन्न भइसकेको छ। 

विराटनगर महानगरपालिकाको वडा नं १६ देखि २० नं जोड्ने दरैयामार्ग, वडा नं १८ को जतुुवा चोकदेखि कठकुप्पासम्म व्यवस्थित सडक निर्माण गर्न लागिएको जनाइएको छ। 

त्यस्तै विराटनगर–५ को खानेपानीटंकी हुुँदै जामुुनेश्वर मार्गसम्म, वडा नं ४ को कञ्चनमार्ग, भूपूुमार्ग तथा औषधि व्यवस्था विभाग हुँुदै बिहीबारे हटियासम्म त्यस्तै वडा नं १ को नमुनामार्ग, वडा नं २ को संसारी माईपथ तथा विराटनगर–११ को अशोक चोक जाने सडकलाई व्यवस्थित गर्न लागिएको हो। 

यसै आवमा काम सम्पन्न गर्ने गरी सडक विस्तारसँगै दुवैतर्फ व्यवस्थित नाला र स्तरीय कालोपत्रे गरी उक्त सडकलाई विराटनगरकै नमुना सडक बनाउनेगरी काम गर्न लागिएको महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख इन्दु कार्कीले बताइन्। रासस 

प्रकाशित: ५ श्रावण २०७४ ०५:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App