१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एसियन च्याम्पियनसिप भारोत्तोलन आजबाट

काठमाडौं- युथ तथा जुनियर एसियन भारोत्तोलन प्रतियोगिता शुक्रबारबाट काठमाडौंमा हुने भएको छ। नेपाल भारोत्तोलन संघले बिहीबार नेपालमा आयोजना हुन लागेको यो हालसम्मकै ठूलो प्रतियोगिता भएको जनाएको छ।

‘यस प्रतियोगितामा साउथ एसिया, इस्ट एसिया, मिडल इस्ट एसिया, सेन्ट्रल एसिया गरी ३३ राष्ट्रका ५ सय पुरुष तथा महिला खेलाडीसँग अन्य खेल अधिकारीको सहभागिता हुनेछ,’ संघका महासचिव पार्थसारथि सेन गुप्ताले भने, ‘नेपाली खेलकुद इतिहासमा यो प्रतियोगिता आधिकारिक रूपले हालसम्मकै सर्वाधिक ठूलो र प्रतिष्ठित प्रतियोगिता हो। यस प्रतियोगिता सफल रूपमा सम्पन्न भयो भने दक्षिण एसियाली राष्ट्रहरूमा नेपाली खेलाडी उत्पादनमा मात्र होइन, आयोजना र व्यवस्थापनमा पनि त्यतिकै सक्षम छ भन्ने सन्देश प्रवाह हुनेछ।’

काठमाडौंमा हुन लागेको यस प्रतियोगिता एसियन च्याम्पियनसिपको १९, जुनियर महिलाको २४औं तथा पुरुष एसियन च्याम्पियनसिपको ३१औं संस्करण हो। महासचिव गुप्ताले ३७ देशका भारोत्तोलन संघका पदाधिकारी नेपाल आउने बताए। उनले प्रयितोगितासँगै शनिबार र आइतबार एसियन भारोत्तोलन महासंघको साधारण सभा पनि हुने जानकारी दिए।

प्रतियोगिता साउन ६ गतेबाट १४ गतेसम्म हुने कार्यतालिका रहे पनि खेल भने सोमबारबाट मात्र हुनेछ। प्रतियोगिता लगनखेलस्थित नेपाली सेनाको प्रशिक्षण केन्द्रमा हुनेछ। प्रयितोगितामा महिला युथतर्फ २४ स्वर्ण, २४ रजत र २४ कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। महिला जुनियरतर्फ पनि २४ स्वर्ण, २४ रजत र २४ कांस्य पदककै  लागि प्रतिस्पर्धा हुनेछ। त्यस्तै पुरुष युथतर्फ पनि २४ स्वर्ण, २४ रजत र २४ कांस्य पदकका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। पुरुष जुनियरतर्फ २४ स्वर्ण, २४ रजत र २४ कांस्य गरी कुल २ सय ८८ (१४४ महिला र १४४ पुरु्रष) पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

महिला युथ स्पर्धामा ४४ केजी, ४८ केजी, ५३ केजी, ५८ केजी, ६३ केजी, ६९ केजी, ७५ केजी र ७५ केजीभन्दा माथिको तैल समूहमा प्रतिस्पर्धा हुनेछ भने महिला जुनियरतर्फ ४४ केजी, ४८ केजी, ५३ केजी, ५८ केजी, ६३ केजी, ६९ केजी, ७५ केजी, ९० केजी र ९० केजीभन्दा माथिको तैलसमूहमा प्रतिस्पधा हुनेछ।

पुरुष युथमा ५० केजी, ५६ केजी, ६३ केजी, ६९ केजी, ७७ केजी, ८५ केजी, ९४ केजी र ९४ भन्दा माथिको तैलसमूहमा प्रतिस्पर्धा हुनेछ। त्यस्तै पुरुष जुनियरतर्फ ५० केजी, ५६ केजी, ६३ केजी, ६९ केजी, ७७ केजी, ८५ केजी, ९४ केजी,  १ सय ५ केजी र १ सय ५ केजीभन्दा माथिको तैलसमूहमा प्रतिस्पर्धा हुने महासचिव सेन गुप्ताले जानकारी दिए। उनले भारत्तोलनमा विश्वकै शक्तिशाली राष्ट्रहरू एसियामा रहेकाले प्रतियोगितामा विश्व कीर्तिमान बन्न सक्के सम्भावना रहेको बताए।

‘विश्व भारोत्तोलनको मानचित्रमा पावर हाउस मानिने महादेश एसिया नै हो। त्यसैले विश्व च्याम्पियन, ओलम्पिक च्याम्पियनजस्ता खेलाडीहरू पनि यस प्रतियोगितामा सहभागी हुनेछन्,’ महासचिव सेन गुप्ताले थपे, ‘त्यसैले युथ तथा जुनियरतर्फको नयाँ विश्व कीर्तिमान तथा एसियन कीर्तिमान कायम हुने सम्भावना पनि रहेको छ।’

प्रतियोगितामा साउथ एसिया, इस्ट एसिया, मिडल इस्ट एसिया, सेन्ट्रल एसिया गरी ३३ राष्ट्रका ५ सय पुरुष तथा महिला खेलाडीसँग अन्य खेल अधिकारीको सहभागिता हुनेछ।

प्रकाशित: ६ श्रावण २०७४ ०६:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App