१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रविधि

ह्वावेको नयाँ मोबाइल पी नाइन

काठमाडौं- चिनियाँ कम्पनी ह्वावेले शुक्रबार काठमाडौंमा विशेष कार्यक्रमका साथ आफ्नो नयाँ मोबाइल पी नाइन सार्वजनिक गरेको छ। सेलिब्रिटीहरुलाई मञ्चमा उतारेर उल्लासपूर्ण वातावरणमा सार्वजनिक गरिएको पी नाइनमा तीन जिबी र्‍यामका साथै तीन हजार एमएएचको ब्याट्री रहेको छ। पी नाइन मोबाइलले प्रोफेसनल शैलीको फोटो खिच्ने दाबी गर्दै कम्पनीले दुई सय ५६ जिबीको स्टोरेज क्यापासिटी रहेको यस मोबाइलको मूल्य ६० हजार रुपैयाँ तोकेको छ।

बहुप्रतिक्षित ह्वावे पी नाइन मोडलको मोबाइलमा लेइका कम्पनीको उच्चस्तरको स्मार्ट फोटोग्राफी प्रविधि भएको 'डुयल–लेन्स पी नाइन' रहेको पनि कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार 'लेइका क्यामरा एजी' भएको यो पहिलो स्मार्ट मोबाइल फोन हो। दुई लेन्स भएको उक्त मोबाइलको क्यामराले उच्च गुणस्तरमा विविध कलरसहित ब्ल्याक एन्ड ह्वाइट फोटो प्रयोग गर्न पाइने जनाइएको छ।

यसमा १२ एमपी लेइका डुयल क्यामरा, विएसआई सिएमओएस सेन्सर, आठ एमपी, एफएफ क्यामरा र फोरजी डुयल हाइब्रिड सिम प्रयोग गर्न सकिने भन्दै कम्पनीले पी नाइन कम्पनीको पी सिरिज अन्तर्गतको एक आर्ट इन्डस्ट्रियल डिजाइन भएको 'मास्टरपिस' रहेको जनाएको छ। ३२ जिबी भर्सन र सेराकी ह्वाइट भर्सनमा रहेको यस पी नाइनमा आ–आफ्नै विशेषता रहेको कम्पनीको दाबी छ। उपभोक्ताले पी नाइन मोडलमा अपेक्षा अनुसार पावर, कनेक्टिभिटी, हाइ स्पिड प्रविधियुक्त भएको भन्दै कम्पनीले यस मोबाइलमा ५.२ इन्च १०८० पी डिस्प्ले, ३००० मिलिएम्पियर आवर डेन्सिटी भएको ब्याट्री प्रयोग गरिएको जनाएको छ।

व्यक्तिगत जानकारी र सूचनालाई यसमा प्रयोग गरिएको बायोमेटि्रक फिंगरप्रिन्ट प्रविधिले मोबाइललाई सुरक्षित राख्ने, यसमा रहेको फिंगरप्रिन्ट सेन्सरले आफ्नो सेट चिन्न र हराएको अवस्थमा आफ्नो सेटको जानकारी लिन सकिने कम्पनीले बताएको छ।

प्रकाशित: ९ श्रावण २०७३ ०४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App