१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ढिस्को खस्दा भोटेकोशीको लार्चा पुल दुई टुक्रा, तातोपानीसँग सम्पर्कविच्छेद

सिन्धुपाल्चोक— चीनको तिब्बत जोड्ने तातोपानीस्थित भोटेकोशीको लार्चा पुल अविरल वर्षासँगै खसेको ढिस्कोले दुई टुक्रा भएको छ। पहिराेले ढिस्को बगेर पुलमाथि बजारिएकाे थियो। पुल भत्किएसँगै तत्कालीन तातोपानी गाविसपट्टिका बासिन्दासँग जिल्लासँग एक्लिएका छन्। उनीहरु बाह्रबिसे ओर्लिन सो पुल तर्ने गर्थे। 

‛तातोपानी सीमा क्षेत्रमा रहेको प्रहरी चौकीसँग समेत सम्पर्क हुन सकेको छैन। त्यहाँका लागि योभन्दा ठूलो बिपत् अरु हुन सक्दैन′ एसपी केसीले नागरिकन्युजसँग भने। 

ईतबार साँझ करिब ७ः३० बजेतिर पुलमाथिको ढिस्को खस्दा पुल दुई टुक्र भएको जिल्लाका सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी रवीन्द्र केसीले पुष्टि गरेका छन्। उनका अनुसार त्यो क्षेत्रमा भारी वर्षा भइरहेको छ।

‛तातोपानी सीमा क्षेत्रमा रहेको प्रहरी चौकीसँग समेत सम्पर्क हुन सकेको छैन। त्यहाँका लागि योभन्दा ठूलो बिपत् अरु हुन सक्दैन′ एसपी केसीले नागरिकन्युजसँग भने। क्षतिकाे विवरणा बुज्ने काम भइरहेकाे उनले बताए।

दुई वर्षअघिको विनाशकारी भूकम्पपछि चीनसँग व्यापार हुने तातोपानी नाका ठप्प रहेको अवस्थामा लार्चा पुल भाँचिदा सो नाकाबाट चीनसँगको सम्पर्क अझ अप्ठ्यारोमा परेको छ। नेपाल सरकारले सो नाका खोल्न चीनलाई अनुरोध गर्दै आइरहेकाे छ।

तिब्बतबाट भोटेकोशीमा सन् १९६७ र १९८२ आएको बाढीले पनि लार्चा पुल बगाएको थियो। त्यतिबेला तिब्बती क्षेत्रका अन्य तीन पुल बगेका थिए।

 

प्रकाशित: ८ श्रावण २०७४ १७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App