१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

कीर्तिमानी ७९ मिलियन युरोमा हिग्विन युभेन्ट्स जाने

रोम –अर्जेन्टिनी स्ट्राइकर गोल्जालो हिग्विन इटालीयन सिरी ए क्लब युभेन्टस जाने पक्का भएको छ। इटालीका सञ्चार माध्यमले उनी ७९ मिलियन युरोपमा सिरी ए टोली आउन लागेको उल्लेख गरेका छन्।

गत सिजन नेपोलीबाट खेलेका उनले ३६ गोल गर्दै सिरी ए मा ८७ वर्ष पहिलादेखि रहेको उच्च गोलको रेकर्डसँग बराबरी गरेका थिए।

म्याड्रिडमा हुने मेडिकल टेस्टपछि युभेन्टससँग चार वर्षे सम्झौता पत्रमा औपचारिक हस्ताक्षर हुने बताइएको छ। गत सिजन नेपोलीबाट खेलेका उनले ३६ गोल गर्दै सिरी ए मा ८७ वर्ष पहिलादेखि रहेको उच्च गोलको रेकर्डसँग बराबरी गरेका थिए।

उनलाई आफ्नो क्लबमा भित्र्याउन इङ्लिस प्रिमियर टोली आर्सनले पनि इच्छा देखाएको थियो। यो सम्झौतासँगै उनी युभेन्टसले अनुबन्धन गरेका सबैभन्दा महँगो खेलाडी हुनेछन्। यसअघि युभेन्टसले गोलकिपर बुफोनलाई सन् २००१ मा पर्मा बाट ४२ मिलियन युरोमा अनुबन्धन गरेको थियो।
 

प्रकाशित: ९ श्रावण २०७३ ०६:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App