१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जाजरकोटमा कांग्रेस-माओवादी केन्द्रको गठबन्धन

जाजरकोट- जिल्ला समन्वय समिति गठनका लागि हुने निर्वाचनमा जाजरकोटमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ। साउन १८ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि दुई दलले संयुक्तरुपमा आइतबार उम्मेदवारको मनोनयन पत्र दर्ता गरेका छन् ।

कांग्रेस-माओवादी गठबन्धनको सहमतिअनुसार संयोजकसहित ४ पदमा माओवादी केन्द्रले र उपसंयोजकसहित ५ पदमा कांग्रेसले लिने सहमति भएको नेपाली कांग्रेस जाजरकोटका सचिव खडक बिसीले बताए।

उनले दुई पार्टीबीच भएको सहमतिअनुसार नै उम्मेदवारी दिएको बताए। त्यस्तै कांग्रेस र आफनो पार्टीबीच भएको सहमतिलाई इमान्दारीतापूर्वक पालना गर्न तयार रहेको  माओवादी केन्द्रका नेता ढकवीर रानाले बताए। उनले दुवै पार्टीले एकसाथ संयुक्तरुपमा पद बाँडफाँड गरेर उम्मेदवारी दर्ता गरिएको बताए। 

उनीहरुले एक अर्काको पदमा समर्थक र प्रस्तावक रहेर उम्मेदवारी दर्ता गरेका छन्। चुनावी जोडघटाउ अनुसार कांग्रेस-माओवादी गठबन्धनको विजय निश्चित छ। गठबन्धनको पक्षमा ८ मत  र एमालेको पक्षमा ६ मत छ।

दुई दलको सहमतिअनुसार संयोजकमा माओवादी केन्द्रका मनबहादुर रावल र उपसंयोजकमा कांग्रसका  ज्ञानीप्रसाद शर्माले उम्मेदवारी दिएका छन्। यस्तै  एमालेले पनि कांग्रेस माओवादी गठबन्धनविरुद्ध आफ्नो एकल उम्मेदवारी दिएको छ। एमाले जाजरकोटका अध्यक्ष करवीर शाहीका अनुसार  संयोजकमा गौरीवहादुर कार्की  र उपसंयोजमा कमलाकुमारी शाहीले उम्मेदवारी दिएकी छन्। 

जिल्लाका सात वटा स्थानीय तहका प्रमुमुख उपम्रमुख गरी १४ जनाले  जिल्ला समन्व्य समितिको ९ पदका लागि मतदान गर्ने छन्। गत वैशाख ३१ गते भएको निर्वाचनअनुसार जाजरकोटमा एमाले दुई नगरपालिकामा प्रमुख उप्रमुख र एक गाउँपालिकामा प्रमुख उपप्रमुख जितेर ६ मतका साथ पहिलो छ भने  माओवादी केन्द्रले  एक नगरपालिकामा प्रमुख उपप्रमुख एक गाउँपालिकामा प्रमुख उपप्रमुख र एक गाउँपालिकामा उपप्रमुख जितेर ५ मतका साथ दोस्रो स्थानमा छ। त्यस्तै कांग्रेस एक गाउँपालिकामा प्रमुख उपप्रमुख र एक गाउँपालिकामा प्रमुख जितेर ३ मतका साथ तेस्रो स्थानमा छ।

जिल्लामा २०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा जिल्लाका अधिकांश गाविसहरुमा चुनाव जितेर पनि नेपाली कांग्रेसले एमाले र राप्रपाको गठबन्धनसँग इलाका सदस्यहरुमा बहुमत ल्याएर पनि जिल्ला विकास समितिमा सभापति र उपसभापति हारेको थियो भने २०५४ को स्थानीय निकायको दोस्रो निर्वाचनमा  जिविस र अधिकांश गाविसहरु एमालेले कब्जा गरेको थियो।

 

प्रकाशित: १५ श्रावण २०७४ ०९:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App