संस्मरण

हाँस र हात्तीको कथा

शनिबार, २१ साउन २०७४, ११ : २५ डा. तारानाथ शर्मा


कल्पनाले कविता जन्माउँछ, कला कुँदाउँछ र कथा उमार्छ। कल्पनाले मनुष्यलाई सुखको रमणीय संसार दिएको छ। कल्पनाका पखेटा फिँजाएर हामी पुग्न नसकिने ठाउँमा पनि पुग्न सक्छौँ, बु‰न नसकिने कुरा पनि बु‰न सक्छौँ र गर्न नसकिने काम पनि गर्न सक्छौँ र राइट दाजुभाइले यस शताब्दीको थालनीतिर वायुयान बनाउनुभन्दा हजारौँ वर्षअघि नै कविले पुष्पक विमान उडाइसकेका थिए। मान्छेको मथिंगल सबैभन्दा मलिलो माटो हो, जसमा कलाका बीउ वृक्ष भएर ‰यांगिन्छन्।

ती मू¨त हामीले झैँ बोल्न सक्तैनन् र अमानवीय तथा असंास्कृतिक व्यवहारको पोल खोल्न सक्दैनन् भन्नेहरू पनि आजभोलि देखापर्दै छन्। तर मान्छेको मुख थुनिन सक्छ वा मृत्युद्वारा निर्जीव हुन सक्छ अनि मान्छे झूटो बोल्न सक्छ वा विदेशीका पैसामा बिक्न सक्छ, मू¨तहरूको कलात्मक मुख भने अभिव्यक्तिको सशक्त माध्यम हुँदोरहेछ।

तपाईंहरूले दुइटा हाँस र एउटा कछुवाको कथा त सुन्नुभएकै होला। जब म बिचरो कछुवा आकाशमा उड्दाउड्दै कसरी उसका भित्र हाँसका मुखले च्यापेको छेस्काबाट फुस्किएर तल भुइँमा बजारिन पुग्यो र कसरी केटाहरूले त्यसको जिउलाई पोलपाल पारेर खाए भन्ने सम्झन्छु, मलाई त एकतमासको आतेसले आक्रमण गर्छ। जीवन पनि त्यस कछुवाका असावधानीकै कथा त हो नि भन्ने पीडाले म रातभरि छटपटाइरहन्छु।

०४० चैत ४ गतेको कुरो हो। म चाँगुनारायणको मन्दिरतिर घुम्न गएको थिएँ। घाम चर्किनुअघिको बिहानीमा मनोहरा तरेर उकालो लाग्दा पनि म स्याँस्याँ भइरहेको थिएँ। त्यस उकालीभरको बाटोमा विशाल ढुंगा ओछ्याइएका थिए। खुरुखुरु हिँड्दा त मलाई त्यस्तो सकस परिरहेको थियो भने त्यत्रा ढुंगा त्यहाँ ओसार्नेलाई कति कष्ट भयो होला?

मन्दिरमा पुग्नै लाग्दा मिलाइएका ढुंगाका खुड्किलाहरू भेटिन्छन्। तपाईं मरेपछि स्वर्गको फाटकमा यमराज तपाईंलाई कुरेर बसिरहेका हुन्छन् रे तिनले फाटकबाट छिर्न लागेको देख्नेबित्तिकै तपाईंलाई पाखुरामा च्याप्प अँठ्याएर तँ चाँगुनारायण गएको छस्? भनेर सोध्छन् रे, जब तपाईं गएको छु भन्नुहुन्छ रे, उसो भए त्यहाँ चढ्ने खुड्किला कति छन् भनेर तपाईंलाई तिनले र्‍याखर्‍याख्ती पार्छन् रे। तपाईं त्यही चढ्ने खुड्किलालाई मैलेझैँ धैर्यपूर्वक गन्नुभएको छ भने यमराजलाई सजिलै एक सय आठ भनेर जवाफ दिन सक्नुहुनेछ। अनि स्वर्गको फाटकबाट तपाईं अरु कुनै वेला बाधा–विरोधबिनै भित्र पस्न पाउनुहुनेछ। स्वर्गभित्र कस्तो रमाइलो हुन्छ, के के खान पाइन्छ र कस्तो–कस्तो मोज लुट्न पाइन्छ भन्ने बयान म यहाँ गर्न चाहन्नँ। तपाईं आफैँ मुख मिठ्याउँदै त्यसको कल्पना गर्नुस्।

त म चाँगुनारायण पुगेँ। यो मेरो तेस्रो यात्रा थियो तर जुनसुकै यात्रा भए पनि र म भविष्यमा त्यहाँ अब जतिसुकैपल्ट गए पनि स्वर्ग पुगेर अप्सरासँग इत्रिँदै रामरमितो मच्याउने उद्देश्यले चाहिँ म अब त्यहाँ गएको होइन। हुन त अंगुरका रसिला दाना मुखमा हाल्दै न्याना र नरम ओछ्यानमा पल्टी नौनीजस्ता मुलायम र सुकसुकाउँदा तरुनीहरूको जिउमा अडेसिएर अनुपम सुन्दरी अर्धनग्न अप्सराहरू आफ्नै अगाडि र आफ्नै लागि छमछम गर्दै नाचेको अर्धमुदित आँखाले हेर्ने इच्छा मलाई पनि छ। तापनि चाँगुनारायणको मन्दिरमा पुगेर पूजा गर्दैमा त्यो कल्पना पूरा हुने कुरामा भने मलाई पटक्कै पत्यार छैन।

म त्यहाँ जाने रहस्य अर्कै छ। मेरो रहस्यसित आकर्षित हुँदाहुँदै पनि मेरो लहैलहैमा रौसिए पनि मेरी जीवन संगिनी शान्ता भने यसपालिको यात्रामा पनि फूलहरू लिएर गएकी थिई। उकालाको थकाई एकछिन बसेर भेटेपछि शान्ता अत्यन्त तन्मयतासाथ हे चाँगुनारायण, मेरा पतिलाई अञ्चलाधीश, राजदूत वा मन्त्री बनाइदिनुस् , काठमाडौंमा हाम्रो आफ्नै घर उभ्याइदिनुस् र हाम्रा दुवै छोरालाई उच्च शिक्षा राम्ररी दिन सक्ने आर्थिक स्थितिमा हामीलाई पुर्‍याइदिनुस् भनी पूजा गर्न थाली।

आधा घन्टाजति उसको प्रार्थनालाई घँुडा टेकेर हात जोड्दै ढोकाकै अगाडि बसेको सुन्दर गरुडको रूपमा बनाइएको राजा मानदेवको सौभ्य मू¨तले हेरिरहेको थियो, त्यस मू¨तको विनयशीलता मलाई औधि गौरवमय लाग्छ। र, तपाईंहरूलाई मेरा यात्राको रहस्य भनिहालुँ– म चाँगुनारायण जाने गर्छु, त्यही र त्यस्तै मू¨तहरूको सौन्दर्य हेर्न।

काठमाडौंको मू¨तकला औधि प्रशंसनीय छ। त्यसमा पनि चाँगुनारायण मन्दिरका हातामा भएको ढुंगा र धातुका मू¨तहरू त पाइनसक्नुकै छन्। राजा मानदेवकै मू¨तको बायाँ हाततर्फ केही अग्लो पारिएको ठाउँमा गरुडमाथि बसेका विष्णुको एउटा मू¨त त्यसै अलपत्र परिरहेको पनि तपाईं देख्न सक्नुहुन्छ। हो त्यही मू¨तको नक्सा हाम्रो १० रुपैयाँको नोटका बीच भागमा चित्रित छ। चाँगुनारायणको मुख्य प्रतिभा चाहिँ सुनको छ र त्यहाँ पनि उड्न लागेजस्तो कुचुक्क परेको गरुडको आकृतिमाथि विष्णु बसेका छन्। विष्णुको भागलाई त्यस मू¨तबाट झिक्न पनि सकिँदो रहेछ। भँडारमा भक्तजनले युगयुगदेखि चढाएका बहुमूल्य हीरा र रत्नहरू जडित पुराना खाले गहनाहरू पनि चाँगुनारायणको कलात्मक निधिका महŒवपूर्ण अंग मानिन्छन्। यी सबै त एक प्रकार सुरक्षितै छन्। तर, मन्दिरदेखि बायाँ भागको खुला मञ्चमा ढुंगाका मू¨तका थुप्रामा रहेको विश्व रूपको अद्वितीय मू¨तको बिजोक भने मन कुँडाउने खालको रहेछ। संसारमा अरुतिर कतै पनि नपाइने त्यो मू¨त अत्यन्त मनमोहक छ र मू¨तकलाको हेराइले अतुलनीय पनि रहेछ। युगयुगको बेवास्ताले गर्दा त्यस बायाँपट्टिको माथिल्लो भाग चोइटिएर गएको रहेछ। सभ्यताका विकासको अध्ययनलाई अवतारको दृष्टिकोणले व्याख्या गर्न सकिने गरी सबभन्दा तलदेखि विकासक्रम देखाउँदै कँुदिएको चिल्लो ढुंगाको अत्यन्त सुन्दर विश्व रूपको त्यो मू¨त कुनै पनि लोभीका आँखामा पर्‍यो भने बित्याँस पर्न केहीबेर लाग्ने छैन। धिक्कार छ हाम्रो पुरातŒव, व्यवस्थालाई, धिक्कार छ हाम्रो गुठी प्रबन्धलाई र धिक्कार छ हाम्रो संस्कृति योजनालाई जसको असावधानीले हाम्रो कला खुस्केर भुइँमा बजारिन लागेको असहाय कछुवा भइरहेछ। 

छेवैमा वामन अवतारले गोडा उचालेको एउटा मू¨त र आधी सिंह र आधी मान्छेको अवतार भएर हिरण्य कशिपुको आन्द्राभुँडी कोपरेको अर्को मू¨त पनि छन्। जुन उस्तै मिहिनेत रूपले ढुंगामा चिल्याएर कपिएका छन्। तिनलाई पनि त्यहीँ वाल्ल पर्न दिएर पूर्वपट्टिको पर्खालको ढोका नाघेर म बाहिर निस्केँ। दुई तहमुनि ओर्लेपछि बायाँतिर एउटा खुला पाटी छ। त्यस पाटीको भित्तामा चपक्कै टाँसिएर पूर्व फर्केको कहिल्यै बिर्सन नसकिने एउटा ढुंगाको मू¨त तपाईंलाई पर्खेर बसिरहेको छ। तपाईं त्यस मू¨तलाई पश्चिम फर्केर हेर्न सक्नुहुन्छ। तपाईंको दाहिने हाततर्फ एउटा आकृति छ, जसको दाहिने पाटो लक्ष्मीको हो र देब्रे पाटो विष्णुको हो अर्थात् पूर्व फर्केको त्यस आकृतिमा देब्रे पाटो लक्ष्मीको हो र दाहिने पाटो विष्णुको हो। यो एउटै आकृति आधी लक्ष्मी र आधी विष्णुको हो। लक्ष्मीको वाहन कछुवा लक्ष्मीको पाटामुनि र विष्णुको वाहन गरुड विष्णुको पाटामुनि छन्। अनि अर्को आकृति छ तपाईंका बायाँ हाततिर जसमा पार्वती र शिव गाँसिएका छन्। तपाईंका दाहिने हाततिरको पाटो पार्वतीको हो र बायाँ हाततिरको पाटो शिवको हो अर्थात् पूर्व फर्केको त्यस शिवगौरीको सिंगो जोल्ठिएको मू¨तको दाहिने आधापाटो शिवको हो र देब्रे आधा पाटो पार्वतीको हो। पार्वतीको वाहन बाघ पार्वतीमुनि छ र शिवको वाहन साँढे शिवमुनि छ। उनीहरूका हातहरूले पनि आ–आफ्ना प्रतीकका वस्तु समातेका छन्। दुई–तीन सय वर्षअगाडि बनाइएको भए पनि यो मू¨त अत्यन्त प्रभावशाली र महŒवपूर्ण रहेछ। त्यस मू¨तका नेपाली कलाकारको कल्पनाले सृष्टिसौन्दर्य नरनारीका रूपमा जुन प्रतिभा र दक्षताका साथ मूर्त तुल्याएको छ, त्यसको ज्ञानले तपाईंको नेपाली आत्मा त्यसै–त्यसै गौरवान्वित हुन्छ।

अनि अलिक तल दाहिनेतिर एउटा घर छ। त्यसका ढोकाबाट शिर निहुराएर भित्र पस्नुस्् र दुई कोठा छिचोलेर दक्षिणतिरबाट पहिले आँगनमा र त्यसपछि कोठेबारीमा पाइला राख्नुस्। दक्षिणतिर तल भादगाउँको इलाका शून्य उपत्यका भएर तपाईंलाई मनुष्य जीवनका क्षणिकताको र प्रकृतिका अनन्तताको आभास दिन्छ। अलिक अघि जानुस्। तपाईं यस्तो ठाउँमा पुग्नु हुनेछ जहाँ तपाईं एक्कैचोटि आश्चर्य आक्रोश र विस्मयले छताछुल्ल हुनुहुने छ। त्यहाँ ढुंगाका दिव्य मू¨तहरू अव्यवस्थित रूपले खुला ठाउँमा दुई–तीन ठाउँ थुपारिएका छन्। वरिपरि अनेकौँ आकृति कपिएका शिवलिंग शिवका सुन्दर आकृतिहरू, पार्वती, गणेश, लक्ष्मी, विष्णु, गरुड, सिंह, नाग र अनेकौँ देवदेवी ढुंगामा सजीव भएका छन्। मलाई झैँ तपाईंलाई पनि आफ्नो राष्ट्रिय इतिहासमा गर्व छ। भने म तपाईंलाई सम्झाउँछु। जुन ठाउँमा अहिले तपाईं उभिएर ती प्रस्तर मू¨तहरूको सीपमा मख्ख परिरहनुभएको छ र सम्बद्ध निकायले तिनको सुरक्षामा ध्यान नदिएकामा मुर्मुरिरहनुभएको छ, त्यो तीन सय वर्षजति अघि पाटनका कला पारखी प्रसिद्ध राजा योगनरेन्द्र मल्लको पूजाकोठा थियो। भादगाउँ राज्यको बाबु भन्ने ठाउँलाई कब्जा गर्ने उद्देश्यले योगनरेन्द्र मल्ल आफ्ना र काठमाडौंका सेनाको नेतृत्व गर्दै भादगाउँ हान्न त्यहीँ केही महिना बसेका थिए, बिचरा योगनरेन्द्र मल्ल भादगाउँको राजाका कुनै मन्त्रीले पठाएको गुप्तचरको षड्यन्त्रमा परी त्यसै कोठामा ठहरै परेका थिए। उनलाई तमाखु टुर्टुराउने ठूलो सोख थियो, विष मिलाएको तमाखु तान्दातान्दै उनका आँखा तिनै मू¨तहरूका झैँ सधैँका लागि अचल भएका थिए।

ती मू¨त हामीले झैँ बोल्न सक्तैनन् र अमानवीय तथा असंास्कृतिक व्यवहारको पोल खोल्न सक्दैनन् भन्नेहरू पनि आजभोलि देखापर्दै छन्। तर मान्छेको मुख थुनिन सक्छ वा मृत्युद्वारा निर्जीव हुन सक्छ अनि मान्छे झूटो बोल्न सक्छ वा विदेशीका पैसामा बिक्न सक्छ, मू¨तहरूको कलात्मक मुख भने अभिव्यक्तिको सशक्त माध्यम हुँदोरहेछ। यसै सशक्तताको ज्ञान भएकैले क्राइस्टाब्दत्वौधौँ शताब्दीको मध्यकालमा काठमाडौं उपत्यका लुट्न भुइँचालोझैँ आइपुग्ने सक्सुद्दीनले पशुपतिनाथको मन्दिर लगायत समस्त नेपाली मन्दिरका देवमू¨तलाई धुजाधुजा पारेर फुटाइदिएका थिए। चाँगुनारायण भने पहाडको अप्रत्यारिलो चुचुरामा झुरुम्म परेका रुद्राक्ष र अरु प्रकारका रूखहरूले छेलिएकाले आक्रमणकारी लुटेराहरूबाट लुक्न सकेछ र आज हामीलाई त्यहाँका कलात्मक मू¨तहरूले हाम्रो सांस्कृतिक गौरवको ऐतिहासिक गाथा गर्वसाथ सुनाउन पाइरहेका छन्।

 म तपाईंहरूलाई फेरि हाँस र कछुवाको कथातिर तान्न चाहन्छु। र, हाँसलाई पानी मिसाएर दूध दियो भने दूधदूध खाएर पानी छाड्न सक्ने क्षमता त्यसमा हुन्छ रे। कछुवा आफ्नो स्वदेशी मित्र भएकाले राष्ट्रियताको मर्म जान्ने ती दुई हाँसले त्यसलाई बचाउन खोजेका थिए।

अँ, हात्तीको कुरो उक्काउँदा यो लेख अब टुंगिनै लागेको आभास मलाई भइरहेछ। योगनरेन्द्र मल्लको कोठाबाट फेरि मन्दिरको हाताभित्र पसी म मेरी पत्नी, मेरा छोराहरू र मेरा मित्रहरूसित पश्चिम फाटकतिर लाग्छु। हठात् मेरा तीखा आँखा ढोकैछेउको काठको दाहिनेतिरको खाँबामा पर्छन्। नेपाली कलाकारहरू पनि अद्भुतैका हुन्छन्। तिनका कल्पना पुष्पकविमान उडाउने कविको भन्दा कम कहाँ छ र? हुन पनि चाँगुनारायणको मन्दिर त्यसै एउटै विशाल पत्थरमाथि उभ्याइन कहाँ सकिन्थ्यो र? त त्यस खाँवामा दुइटा हाँसले हात्तीको पुच्छरलाई मुखले च्यापेर पूरै हात्तीलाई उडाएको चित्र बनाइएको रहेछ।

हामी सबैजना नेपाली कलाकारको कल्पनामा दंग पर्दै त्यसमाथि मनहरातर्फ ओरालो लाग्यौँ।









यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सपनाको सहर : 'पाइलैपिच्छे समस्या छन्'

सपनाको सहर : 'पाइलैपिच्छे समस्या छन्'

मिलेका भवन होऊन्, वरिपरि हरियाली देखियोस्। आफू बसेको ठाउँनजिकै सबै सुविधा पाइयोस्। सडक सफा होस्, ठाउँठाउँमा ट्राफिक चिह्न होऊन्। नत्र...

भूकम्पको कथामा 'नीरफूल'

भूकम्पको कथामा 'नीरफूल'

बिनासकारी भूकम्पपछि छिन्नभिन्न बनेको एक परिवारको कथालाई प्रस्तुत गरेर फिल्म 'नीरफूल' निर्माण गरिएको छ। सर्ट फिल्म 'सेलफोन' बनाएका सञ्चारकर्मी तथा...

गायिका वली र गायक अधिकारी सम्मानित

गायिका वली र गायक अधिकारी सम्मानित

गायिका कोमल वली र गायक अजय अधिकारी ‘सुशील’ सम्मानित भएका छन् ।  तीजको अवसर पारेर नीजि तथा आवशीय विद्यालयको छाता...

प्रभाससँग महँगो रोमान्स

प्रभाससँग महँगो रोमान्स

दक्षिण भारतीय फिल्म 'बाहुबली'को सफलतापछि चर्चामा आएका प्रभासको आगामी फिल्म 'सोहा' हो। फिल्मको उनको अपोजिटमा कुन नायिका हुन्छिन् भन्ने यकिन...