यु-१९ विश्वकप सार्न माग

बिहिबार, २६ साउन २०७४, १० : ०२ नागरिक


कराची- पाकिस्तानी क्रिकेट अधिकारीले दक्षिण एसियाली छिमेकी भारतमा सुरक्षाको समस्या देखाउँदै यु–१९ क्रिकेट प्रतियोगिता तटस्थ स्थानमा आयोजना गर्न माग गरेका छन्। भारतले नोभेम्बरमा यु–१९ विश्वकपको आयोजना गर्दै छ। पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले यसै हप्ता हुने एसियन क्रिकेट काउन्सिलको बैठकमा प्रतियोगिता अन्य स्थानमा सार्न विशेष रुपमा आवाज उठाउँने बताएको छ।

प्रतियोगिता अन्य स्थानमा सार्न अपिल गर्ने पिसिबीका नाजम सेथीले बताए। उनले भने, 'शनिबार कोलम्बोमा हुने एसिसीको बैठकमा हामी यो बारेमा कुरा उठाउँछौं। मलाई लाग्छ प्रतियोगिता भारत र पाकिस्तानबाहेक अन्य जुनसुकै सुरक्षित स्थानमा आयोजना गर्न सकिन्छ।'

राजनीतिक तनावका कारण सन् २००७ देखि छिमेकी कट्टर प्रतिद्वन्द्वी मुलुक पाकिस्तान र भारतले औपचारिक शृङ्खला खेलेका छैनन्। तर सन् २०१२–१३ मा पाकिस्तानले केही सीमित ओभरको शृङ्खलाका लागि भारत भ्रमण गरेको थियो। त्यसयता दुवै देशले औपचारिक खेल खेलेका छैनन्। सुरक्षाको कारण देखाउँदै सन् २०१३ महिला विश्वकप भारतबाट अन्य स्थानमा सार्न दबाब दिइएको थियो। प्रतियोगितामा पाकिस्तानको सहभागिताका विरुद्धमा प्रोटेस्ट गरिएको थियो। सोही वर्ष पाकिस्तानी खेलाडीलाई भारतको हक्की लिगबाट हटाइएको थियो। सन् २०१६ को जुनियर विश्वकपमा भिसाको समस्याका कारण आफ्नो टोलीको सहभागितामा समस्या आएको पाकिस्तानले बताएको छ। यसै वर्ष भारतमा भएको स्क्वास प्रतियोगितामा पनि भिसाका कारण पाकिस्तान खेलाडी भाग लिनबाट वञ्चित भएका थिए। पाकिस्तान क्रिकेट बोर्डले आफ्ना खेलाडी खेल्नबाट वञ्चित भएको कुरामा भारतविरुद्ध कानुनी कारबाहीका लागि अपिल गर्ने समेत बताएको छ।

पाकिस्तान र भारतबीच २०१४ देखि २०२३ सम्म सिनियर टोलीको मुख्य ६ शृङ्खला खेल्ने योजना थियो। जुन पूरा हुन सकेको छैन। त्यसको क्षतिपूर्तिको बारेमा पनि पाकिस्तानले अपिल गरिरहेको छ। सन् २०१५ मा पहिलो शृङ्खला स्थगित भएको थियो। दोस्रो शृङ्खला यसै वर्षको नोभेम्बर–डिसेम्बरमा छ। पाकिस्तान क्रिकेट बोर्डले यसै साता १० लाख डलर कानुनी रूपमा क्षतिपूर्ति दाबी गरेको थियो।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

मोफसलका दर्शकसँग ‘कान्छी’

मोफसलका दर्शकसँग ‘कान्छी’

नायिका श्वेता खड्का आफूले अभिनय तथा निर्माण गरेको फिल्म ‘कान्छी’को प्रतिक्रिया लिन व्यस्त छिन्। काठमाडौंका हलबाट राम्रो प्रतिक्रिया पाएकी श्वेता...

आठ जिल्लामा फेरि ‘संरक्षण’

आठ जिल्लामा फेरि ‘संरक्षण’

गत साउन २७ गते सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘संरक्षण’ फागु पूर्णिमाको अवसर पारेर तराईका ८ जिल्लामा पुनः प्रदर्शन हुने भएको...

दुलही बन्दै एमी

दुलही बन्दै एमी

क्रिकेटर बिराट कोहली र अभिनेत्री अनुष्का शर्माको विवाह सन् २०१७को सबैभन्दा चर्चित विवाह रह्यो । यो साल भने सोनम कपुर...

खानासँगै संगीतको स्वाद

खानासँगै संगीतको स्वाद

पछिल्लो समयमा युवापुस्तामाझ रुचाइएका गायक रोहित जोन क्षेत्री शनिबार राजधानीमा युवापुस्तामाझ देखिँदा हुटिङ र ताली राम्रै पाए । उनी युवा...