२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दाउन्ने सडकखण्ड अझै अबरुद्घ

नवलपरासी- शुक्रबार रातिदेखि अवरुद्ध पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड अझैसम्म सञ्चालनमा आउन सकेको छैन। दाउन्ने क्षेत्रमा शुक्रबार रातिदेखि लगाताररुपमा पहिरो खसेको र शनिबार दाउन्ने सडकखण्डअन्तर्गत एस मोड क्षेत्रमा सडकका केही भाग भासिएपछि सडक अवरुद्ध छ ।

भासिएको सडकमा बाटो खोल्ने काम भइरहेको छ, वर्षाका कारण काम गर्न कठिनाइ छ । सोही क्षेत्रमा पहिरो खस्ने क्रम पनि निरन्तर जारी छ, नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए।

सवारी आवतजावत पूर्णरुपमा बन्द भएको छ । स्थानीय प्रशासनले यात्रुलाई वैकल्पिक बाटो अपनाउन आग्रह गरिसकेको छ । सडक सञ्चालन हुने निश्चित छैन । सडकमा पहिरो पन्छाउने र नयाँ बाटो खोल्ने काम जारी छ, यद्यपि पहिरो आउने क्रम नरोकिँदा झन समस्या भएको प्रजिअ राना मगरले जानकारी दिए।

सडक भासिनुका साथै विभिन्न स्थानमा पहिरो खसिरहँदा आज साँझसम्म यातायात सञ्चालन हुने सम्भावना अनिश्चित भएको छ । वर्षा रोकियो र पहिरो खस्ने क्रम रोकियो भने सडक सञ्चालन हुन सक्छ । दाउन्ने आसपासका कम्तीमा १० ठाउँमा सानासाना पहिरो खसेको र घिउखोलामा पनि पहिरो खसेको छ । अहिले डोजर र एक्साभेटरमार्फत पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पन्छाउँदै जाने तर खस्नेक्रम नरोकिएकाले सडक सञ्चालनमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: २९ श्रावण २०७४ ०५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App