१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बबईको बाढीले बर्दिया डुबानमा, हजारौं विस्थापित

बर्दिया- बबई नदीमा आएको बाढीले बर्दियामा हजारौं विस्थापित भएका छन्। गुलरिया, बारबर्दिया, ठाकुरबाबा, मधुवन र बाँसगढी नगरपालिका अधिकांश भूभाग डुबानमा परेका छन्। बबईको बाढी अहिलेसम्मकै ठूलो बाढी भएको बताइएको छ।

डुबानमा परेका परिवार सुरक्षित स्थानमा बसाई सर्न थालेका छन्। मधुवन नगरपालिकाको १ र २ वडामा सर्म्पक विच्छेद हुँदा त्यहाँका स्थानीयसँग सम्पर्क हुन सकेको छैन। मधुवन नगरपालिकाका पाँच सयभन्दा बढी घर डुबानमा परेको कार्यकारी अधिकृत धर्मराज न्यौपानेल बताए। केही घर परिवारलाई उद्धार गरी सुरक्षित स्थानतर्फ ल्याएको उनले बताए। उनका दुईवटा वडामा सर्म्पक नहुँदा क्षति विवरण आउन सकेको छैन।

बाढीले पुल बगाउँदा ग्रामिण क्षेत्रमा उद्धारमा कठिनाई भएको प्रशासनले जनाएको छ। पीडित परिवारलाई राहत समाग्रीको जोहोमा नगरपालिका प्रशासन जुटेको उनले बताए।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App