संकटकाल घोषणा हुनसक्छ: मन्त्री विश्वकर्मा

आइतबार, २९ साउन २०७४, १४ : ०८ कृष्ण किसी


भक्तपुर- बाणिज्यमन्त्री मीन बिश्वकर्माले आज बस्ने मन्त्रीपरिषद्को बैठकले देशमा राष्ट्रिय संकटकाल घोषणा गर्ने सम्भावना रहेका बताएका छन्। रफत सञ्चार क्लबमा आइतबार आयोजित साक्षात्कारमा मन्त्री बिश्वकर्माले लगातार बर्षाका कारण तराई बाढीको डुबानमा र पहाड पहिरोको चपेटामा परेको अवस्थामा सरकारले सोचे जस्तो बिपद् ब्यवस्थापन गर्न नसकेको स्वीकारे। कोशी ब्यारेजका केही ढोका खोल्न सरकारले गरेको कुटनीतिक पहल सफल भएको भन्दै उनले सबै ढोका खुल्दा भारतको बिहार डुवानमा पर्ने र त्यसो नगर्दा नेपाल डुबानमा पर्ने अवस्था रहेकाले जनाए।

लगातार बर्षाका कारण पहाड र तराई प्राकृतिक प्रकोपको चपेटामा परेको अवस्थाका कारण तेस्रो चरणको निर्वाचनलाई प्रभाव पार्न सक्ने अवस्था श्रृजना भएता पनि सरकारले बिभिन्न चुनौतिका माझ निर्वाचन सम्पन्न गर्ने उनले बताए। माघ ७ सम्म सम्पूर्ण निर्वाचन सम्पन्न नगरिए देशमा संवैधानिक संकटको अवस्था देखिने भन्दै उनले हचुवाको भरमा संसद र प्रदेशको निर्वाचन मिति घोषणा नगर्ने बताए। निर्वाचन आयोगले निर्वाचन गर्न सक्ने अवस्थामा मात्र निर्वाचन मिति घोषणा गरिने उनको भनाई थियो।







यसमा तपाईको मत

अन्य समाचार

संगीतकार गुरुङलाई गीतकार संघको सहयोग

संगीतकार गुरुङलाई गीतकार संघको सहयोग

छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँखैमा झलझली, दोष कसैलाई दिन चाहन्न जस्ता कालजयी गीतका गीतकार तथा संगीतकार शुक...

सास्ती खेप्दै रुबीबाट फर्कियो ‘नीरफूल’

सास्ती खेप्दै रुबीबाट फर्कियो ‘नीरफूल’

धादिङको रुबी भ्यालीमा दुई साता लामो छायांकन पछि फिल्म ‘नीरफूल’ युनिट काठमाडौं फर्केको छ। सात दिनको समय तालिका मिलाएर रुबी...

वस्तीको नेपाली लेखाउने काइदा

वस्तीको नेपाली लेखाउने काइदा

भाषामा भए गरेका गाईजात्राले आहत भएका भाषाविद् शरच्चन्द्र वस्तीले भाषाशुद्धी र एकरूपताका लागि ‘नेपाली कसरी लेख्ने ?’ ...

निर्माता विनस्टन ओस्कार एकेडेमीबाट निष्काशित

निर्माता विनस्टन ओस्कार एकेडेमीबाट निष्काशित

हलिउड अभिनेत्री एन्जेलिना जोली, ग्वीनेथ पाल्त्रोव लगायतका आधा दर्जन हलिउड कलाकारहरू माथि यौन शोषणको आरोप लागेका फिल्म निर्माता हार्वे विनस्टन...