बाढीबाट ४९ को मृत्यु

आइतबार, २९ साउन २०७४, १५ : ०९ कृष्ण ढुंगाना  | @krishnakirtipur


काठमाडौं—शुक्रबारदेखिको  अविरल वर्षापछि मुलुकभरिका विभिन्न भागमा आएको बाढी पहिरोमा परी ४९ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार यो संख्या आइतबार दिउँसोसम्मको हो।

बाढीमा परी ३६ बेपत्ता भएको १७ जना घाइते भएको केन्द्रले जनाएको छ।

बाढीबाट सबैभन्दा बढी सुनसरीमा ८ जनाको मृत्यु भएको छ। त्यहाँ ६ हराइरहेका छन्। रौतहटमा ७ जनाको मृत्यु भएको छ भने मोरङमा ६  र सिन्धुलीमा ४ जनाको ज्यान गुमाएका छन्। झापा, दाङ, बाँके, पाँचथर, सुर्खेतमा ३-३ जनाको मृत्यु भएको छ। सर्लाही र बर्दियामा एक/एक जनाले ज्यान गुमाएका छन्।

बाढीमा परी मकवानपुरमा ८ जना बेपत्ता भएका छन्। सुनसरीमा ६ बेपत्ता छन् भने झापामा ५ जना हराइरहेका छन्। 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

आयो मिष्टर झोले !

आयो मिष्टर झोले !

चार वर्ष अघि निर्माण भएको डार्क कमेडी फिल्म ‘झोले’सँग नाम मिल्ने गरी बनाइएको फिल्म ‘मिष्टर झोले’को ट्रेलर सार्वजनिक भएको छ...

वितरकको पैसा फिर्ता गर्दै शाहरुख

वितरकको पैसा फिर्ता गर्दै शाहरुख

बलिउडमा ‘किङ खान’का रुपमा परिचित अभिनेता शाहरुख खानको पछिल्लो फिल्म ‘जब ह्यारी मेट सेजल’ बक्सअफिसमा फ्लप भयो । आफैले निर्माण...

विराट र अनुस्काको इटालीमा लगनगाँठो

विराट र अनुस्काको इटालीमा लगनगाँठो

भारतीय क्रिकेट टोलीका कप्तान विारट कोह्ली र बलिउड अभिनेत्री अनुस्का शर्मा वैवािहक बन्धनमा बाँधिएका छन्। उनीहरुले आज इटालीको फ्लेरेन्स सहरमा...

विवाहअघि नै गर्भवती मेघान ?

विवाहअघि नै गर्भवती मेघान ?

अमेरिकी अभिनेत्री मेगान मार्केल र बेलायती राजकुमार ह्यारीको हालैको इन्गेजमेन्ट र आगामी वर्षको मे महिनामा विवाह गर्ने समाचारले विश्वमा राम्रै...