१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

टोटेनह्यामको सुखद सुरुआत

 न्युक्यासल – डिले अली र बेन डेभिसको गोलमा टोटेनह्यामले आइतबार न्युक्यास युनाइटेडलाई २–० ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा सुखद सुरुआत गरेको छ ।

टोटनह्यामका लागि अलीले ६१औं मिनेट र बेन डेभिसले ७०औं मिनेटमा गोल गरेका थिए । ४८औं मिनेटमा रेफ्रीले जर्जोे स्लेभीलाई रातो कार्डको दर्शन गराएपछि न्युक्यासलले १० खेलाडीमा सीमित हँुदै खेलको अन्त्य गरेको थियो ।
नवप्रवेशी ब्राइटनलाई शनिबार २–० को नतिजामा पराजित गर्दै म्यानचेस्टर सिटीले पनि यस सिजनको इङ्लिस प्रिमियर लिगमा सुखद सुरुआत गरेको छ ।

डेविड सिल्भाको पासलाई ७०औं मिनेटमा सर्जियो अग्विरोले गोलमा परिणत गरेपछि सिटी अगाडि बढेको थियो । त्यसको पाँच मिनेट नबित्दै ब्राइटनका लुइस डंकले आत्मघाती गोल गरेपछि सिटीको अग्रता दोब्बर भएको थियो । फर्नान्डिन्होको क्रसलाई क्लियर गर्न खोज्दा डंकको प्रयास आत्मघाती गोलमा परिणत भएको थियो ।  
तर गत सिजन भोगेको तीतो अनुभवका कारण  सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले यस जितमा धेरै उत्साही नहुने बताएका छन् ।  

सिटीले घरेलु इत्तिहाद रंगशालामा सम्पन्न लिग खेलमा सन्डरल्यान्डलाई पराजित गर्दै गत सिजन पनि सुखद सुरुआत गरेको थियो । गत सिजन सबैखाले प्रतियोगितामा गरी पहिलो १० खेलमा सिटी अविजित थियो । तर लामो सिजन अन्त्यमा पुग्दा सिटीको पोल्टामा बितेको सिजन कुनै उपाधि परेन । 

‘गत सिजनमा पनि हामी उपाधिको प्रमुख दाबेदार थियौं,’ ग्वार्डिओलाले पत्रकारहरूसँग भने, ‘म सन्डरल्यान्डसँगको खेलपछि यहीँ बसेको थिएँ र तपार्इंले सिटी उपाधिको प्रमुख दाबेदार हो भन्नुभएको थियो । त्यसपछि के भयो सबैलाई थाहा छ ? त्यसपछि चेल्सीले हाम्रो उपाधि यात्रा टुङ्ग्याइदियो । मानिसले हामीलाई राम्रो भन्छन् र हामी त्यो स्विकार्छाैं। हामी उपाधिको दाबेदार हो वा होइन, यो भन्ने जिम्मा तपाईंहरूको हो, हाम्रो होइन । यो मेरो नियन्त्रणबाहिरको कुरा हो । म बार्सिलोना र बायर्न म्युनिखमा हँुदा पनि मानिसहरू यस्तै भन्थे । त्यसैले म यो स्थितिलाई राम्रोसँग सम्हाल्न सक्छु।’
उपाधिका अन्य दाबेदार लिभरपुल र चेल्सीले सुखद नतिजा निकाल्न नसक्दा हात पारेको यस जितले उनलाई राहत दिएको छ । साथै यसै सिजन क्लबमा भित्रिएका तीन नयाँ खेलाडीले कुनै पनि समय दबाब झेल्नु परेन । सिटीले नयाँ सिजनका लागि गोलकिपर एन्डरसन तथा रक्षक ड्यानिलो र काइल वाल्करलाई भित्र्याएको थियो।

‘सिजनको पहिलो खेल सधैँ कठिन हुन्छ । हामीबीच यस विषयमा छलफल भएको थियो । लिभरपुल र वाट्फोर्ड तथा चेल्सीको खेलमा आएको नतिजा सबैले देखेका छन्,’ ग्वार्डिओलाले भने, ‘यो प्रिमियर लिग हो । यहाँ सबै खेल एउटा महत्त्वपूर्ण लडाइँसरह हुन्छ । नवप्रवेशी टोलीविरुद्धको खेल सधँै कठिन हुने गर्छ । उनीहरूसँग जितको भोक हुन्छ । साथै उनीहरूमा कुनै दबाब हुँदैन ।’

तर गत सिजन भोगेको तीतो अनुभवका कारण  सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले यस जितमा धेरै उत्साही नहुने बताएका छन् ।  

प्रकाशित: ३० श्रावण २०७४ ०५:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App