१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लियोनमा पहिरो जादाँ कम्तीमा तीन सयको मृत्यु

फ्रिटाउन- अफ्रिका महादेशमा पर्ने सियोर लियोनमा गएको भयानक पहिरोका कारण तीन सय बढीको मृत्यु भएको छ भने ५० जना भन्दा बढी बेपता छन्। राजधानी फ्रिटाउन नजिकै गएको पहिरोका कारण करिब ५० प्रतिशत घरहरू पुरिएका छन्। बेपताहरूको खोजी कार्यका लागि उद्धार टोली खटाइएको छ।

पहिरोका कारण घरहरू पूर्णरूपमा पुरिएकाले उद्धार कार्य जटिल भएको अधिकारीहरुले जनाएका छन्। राष्ट्रपति अर्नेस्ट बाई कोरमाले मुलुकलाई राष्ट्रिय संकटको घोषणा गरेका छन्।

उनले पहिरोका कारण विस्थापितलाई उचित राहत तथा क्षतिपूर्तिको तत्कालै व्यवस्था गर्नका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। पहिरोका कारण विस्थापितहरूलाई राहत वितरण कार्य भइरहेको छ।

प्रकाशित: ३१ श्रावण २०७४ ०६:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App