१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कार किन्न ३५ प्रतिशत नगद भुक्तानी गरे पुग्ने

काठमाडौं- निजी गाडी चढेर हिँड्ने रहर पाल्नेहरुका लागि खुसीको खबर छ । अब कार किन्न ३५ प्रतिशत नगद भुक्तानी गरे पुग्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले निजी सवारी साधन किन्न चाहने ग्राहकलाई ६५ प्रतिशतसम्म कर्जा दिन पाउने भएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमा भएको यो व्यवस्थालाई निर्देशन जारी गरेर मार्ग प्रशस्त गरेको हो ।

यसअघि निजी प्रयोजनका सवारी साधनमा अधिकतम ५० प्रतिशतसम्म बैंकले लगानी गर्न सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको थियो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत उक्त व्यवस्था परिमार्जन गरी ६५ प्रतिशत पु¥याएको थियो । तर, त्यस्तो व्यवस्था कार्यान्वयनमा आएको थिएन । मंगलबारमात्र निर्देशन जारी गरेर यस्तो व्यवस्था लागू गर्न बैंक तथा वित्तीय संस्थालाई अनुमति दिएको हो ।

अब ३५ प्रतिशत ‘डाउन पेमेन्ट’ (नगद भुक्तानी) गरेर कार किन्न पाइनेछ । बाँकी पैसा बैंक, वित्तीय संस्थाले ऋण दिन पाउँछन् ।

निजी प्रयोजनका सवारी साधनमा ऋण प्रवाह गर्दा मात्रै उक्त व्यवस्था लागू हुनेछ । सार्वजनिक, भौतिक निर्माण कार्यमा प्रयोग हुने गाडीलाई यो व्यवस्था लागू हुने छैन ।

व्यवसायीले चालु आवको मौद्रिक नीतिको कार्यान्वयन हुनुपर्ने माग गर्दै आएका थिए । वार्षिक रुपमा हुने नाडा अटो सो नजिकिँदै गए पनि निर्देशन नआएको भन्दै अत्तालिएका व्यवसायीलाई केन्द्रीय बैंकले गरेको यस्तो व्यवस्थाले राहत पुगेको छ ।

सो व्यवस्थाअघि बैंक, वित्तीय संस्थाले सवारी साधनको मूल्यको ९० प्रतिशतसम्म कर्जा दिइरहेका थिए ।

प्रकाशित: ३२ श्रावण २०७४ ०२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App