१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विदेशी एनजिओमाथि करोडौं घोटालाको आरोप

काठमाडौं- ज्योतिको घर नेपालले सामाजिक कार्यको नाममा गैरकानुनीरुपमा करोडौं रकम कुम्ल्याएको आरोप लगाएको छ। ज्योतिको घर-नेपालले नाटकीय ढंगले करिब ६ सय नेपाली चेलीहरुलाई भारतको बेश्यालयबाट उद्धार गरेको र ९ सय चेलीबेटीहरुको लागि घरसमेत सञ्चालन गरिरहेको दाबी गरेको छ। उक्त संस्थाले सोसल मिडियाहरुमार्फत् स्विडिस नागरिक, संघसंस्था तथा अन्य देशहरुसँग समेत सहयोगको लागि आग्रह गरेको र सोहीअनुसार चार मिलियन अमेरिकी डलर संकलन समेत गरेको जनाएको छ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा ज्योतिको घर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै स्विडिस अधिवक्ता एनेली वेष्टरले भनिन्, 'लभ एण्ड होपको नेपालमा कुनै घर छैन, र तीनीहरुले अहिलेसम्म कोही पनि बच्चाहरुको उद्धार गरेका छैनन्। बास्तवमा तिनीहरुले ज्योतिको घर नेपाललाई स्पोन्सर गरेका हुन्, जसले सन् २००९ देखि नेपालमा बच्चाहरुको लागि गृह सञ्चालनमा ल्याइरहेको छ र बेश्यालयबाट पनि चेलीहरुको समेत उद्धार गरेको छ।'

वेष्टर आफैँमा एक मोटिभेस्नल स्पिकर, मेन्टर र वर्ल्ड रेकर्ड सेटिङ आरोहीसमेत हुन्, जसले सन् २०११ मा स्विेडनमा 'फेमस एडभेन्चरर अफ द ईअर अवार्ड' जितेकी थिइन्। उनी नेपाल सन् २०१५ मा आएकी हुन्। भूकम्प पीडितहरुको उद्धार र राहतमा खटिन उनी नेपाल आएकी हुन्। उनका अनुसार त्यही बेला उनी स्विडिस गैरसरकारी संस्था लभ एण्ड होपसँग नजिक भएकी थिइन्। उनले ज्योतिको घर नेपालसँग सम्पर्क गरेपछि स्विडिस संस्थाले नेपालमा गैरकानुनी ढंगले गलत काम गरिरहेको थाहा भएको बताइन्।

वेष्टरका अनुसार संकलित जम्मा रकममध्ये ३ लाख ८० हजार अमेरिकी डलरमात्रै संस्थामा पुगेको थियो।

आयोजकका अनुसार लभ र होप नामक संस्था स्विडिस नागरिकद्धय माइकल आल्फ्भेन र उनकी श्रीमती ईंक म्यारी आल्फ्भेनले सञ्चालन गरेका थिए।

ज्योति घर नेपालका अध्यक्ष विजय लामाले भने, 'स्विडिस दम्पत्तिले नेपाल आउँदा आर्थिकरुपमा बच्चाहरुलाई सहयोग गर्ने इच्छा देखाएका थिए, फलतः हामी पनि उनीहरुसँग सम्झौता गर्न बाध्य भयौं र आर्थिक सहयोग प्रयोग गरेर संस्था चलाउनको लागि हामीले सम्झौता गर्यौं।

केही समयपछि ती दम्पत्ति कुनै जानकारीबिनै स्वदेश स्विडेन फर्किएको जानकारी दिँदै लामाले भने, 'उनीहरुसँग हामीले धेरैपटक सम्पर्क गर्ने कोसिस गर्यौं, तर हाम्रो प्रयास सफल हुन सकेन्।'

 

प्रकाशित: ३ भाद्र २०७४ ०५:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App