कैलालीमा ६० हजार १२ मतदाता थपिए

आइतबार, ०४ भदौ २०७४, १४ : ४८ नागरिक


धनगढी – फोटोसहितको मतदाता नामावली संकलनका क्रममा कैलाली जिल्लामा ६० हजार १२ जना नयाँ मतदाता थपिएका छन्। 

थपिएका मतदातामा ३३ हजार १८० महिला र २६ हजार ८३२ पुरुष रहेको धनगढीस्थित क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख मोहनप्रसाद अर्यालले बताए। 

यी मतदातामध्ये क्षेत्रीय निर्वाचन कार्यालयमार्फत सबैभन्दा बढी मतदाताको नाम संकलन भएको छ। 

साउन १ गतेबेखि शुरु भएको मतदाता नामावली संकलन कार्य भदौ ३ गतेसम्म जारी रहेको थियो । कैलाली जिल्लाको एक उपमहानगरपालिका (धनगढी) छ वटा नगरपालिका र छ वटा गाउँपालिकासमेत १३ स्थानीय तहका कार्यालयमार्फत समेत फोटोसहितको मतदाता नामावली संकलन कार्य गरिएको थियो। 

यसबाहेक क्षेत्रीय निर्वाचन कार्यालयले पनि मतदाता नामावली संकलन गर्दै आएको थियो। 

कैलाली जिल्लामा बसाइँ सराइ गरेर आउनेहरुको चाप बढी भएकाले मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुको संख्या पनि बढेको कार्यालयले जनाएको छ। 

स्थानीय तहका कार्यालयका साथै निर्वाचन कार्यालयमा नामावली संकलन, अध्यावधिक गर्ने, त्रुटि सच्याउने, नामावली सार्नेलगायतका काम गरिएको थियो। पहिलो पटक आफ्नो गाउँठाउँमा नै मतदाता नामावलीमा नाम दर्ता गराउन पाएकामा स्थानीयवासी खुशी देखिएका छन् । जिल्ला सदरमुकाम पुगेर नाम दर्ता गराउनु पर्ने पहिलेको जस्तो बाध्यता हटेपछि स्थानीयवासी खुशी भएको नाम दर्ता गराउन आएका जंगबहादुर चौधरीले बताए। 

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलाली जिल्लामा चार लाख तीन हजार २८० मतदाता थिए । नयाँ थपिएका मतदातासमेत जिल्लाको कूल मतदाता संख्या चार लाख ६३ हजार २९२ पुगेको छ। रासस 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

प्रियंका, रिश्मा र केकीलाई क्रिटिक्स अवार्ड (फोटो फिचर)

प्रियंका, रिश्मा र केकीलाई क्रिटिक्स अवार्ड (फोटो फिचर)

अभिनेत्री प्रियंका कार्की, रिश्मा गुरुङ र केकी अधिकारीले क्रिटिक्स अवार्ड प्राप्त गरेका छन् । बुधबार नेपाल चलचित्र समीक्षक समाज (फिक्सन)...

‘ब्याडम्यान’ मार्फत नेपाल हलिउडमा जोडिदै

‘ब्याडम्यान’ मार्फत नेपाल हलिउडमा जोडिदै

भिलेनको रुपमा ख्याति पाएका बलिउड अभिनेता गुल्सन ग्रोबर नेपालमा सुटिङ भइरहेको अन्तराष्ट्र्रिय फिल्म ‘द म्यान फ्रम काठमाडौं’को सुटिङका लागि हाल...

मैथिलीमा ‘राज्जा रानी’

मैथिलीमा ‘राज्जा रानी’

दाइजो प्रथाको विषयलाई उठान गरिएको फिल्म ‘राज्जा रानी’ मैथिली भाषामा पनि प्रदर्शन हुने भएको छ। आगामी पुस २१ गतेबाट देशैभर...

गीत गाउँदा गाउँदै अस्ताए जनवादी गायक खुसीराम पाख्रिन

गीत गाउँदा गाउँदै अस्ताए जनवादी गायक खुसीराम पाख्रिन

बाम गठबन्धनले मंगलबार भरतपुरमा आयोजना गरेको सभामा ‘युवाहरु हो’ भन्ने जोशीलो गीत गाएका प्रशिद्ध जनवादी गायक तथा पूर्व सांसद खुसीराम...