१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनले बनायो प्रतिघण्टा ३५० किलोमिटरको गतिमा चल्ने रेल

बेइजिङ – चीनले प्रतिघण्टा ३५० किलोमिटर गतिमा चल्न सक्ने बुलेट रेलको निर्माण गरेको छ ।

रेल बेइजिङ देखि स्याङगाई रुट हुँदै आगामी महिनाबाट चल्ने चिनियाँ सञ्चार माध्यमहरूमा उल्लेख छ । तत्कालै बेइजिङदेखि स्याङघाइ रुट लिने भनिएतापनि पछि रुट थप्दै जाने उल्लेख छ।

चीनले सन् २००८ मा नै पहिलोपटक प्रतिघण्टा ३५० किलोमिटरको दूरीमा चल्न सक्ने रेल सञ्चालनमा ल्याइसकेको भए पनि त्यसबेला उक्त रेलले प्रतिघण्टा २५०–३०० किलोमिटरको दूरी मात्र लिन सकेको थियो। 

उक्त रेललाई  सन् २०१६ मा अर्काे रेलले टक्कर दिँदा दुर्घटनामा परी ४० जनाको मृत्यु भएको थियो भने १९१ जना घाइते भएका थिए । 

प्रकाशित: ५ भाद्र २०७४ ०८:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App