१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पत्रकार महासंघमा अाचार्य प्यानल विजयी (सूचिसहित)

अाचार्य प्यानलका विजयीहरू। तस्विर साैजन्य: रमेश वाग्ले/फेसबुक

काठमाडाैं-  नेपाल पत्रकार महासंघमा गोविन्द आचार्य नेतृत्वको लाेकतान्त्रिक प्रगतिशील प्यानल विजयी भएको छ। मंगलबार बिहान जारी परिणाममा पदाधिकारीहरूमा अाचार्य प्यानलले विजय हात पारेको हो। प्रदेश केन्द्रीय सदस्यमा भने मिश्रित परिणाम आएकाे छ।

प्रेस युनियनसहितका साना दल निकट पत्रकारको गठबन्धनबाट अध्यक्षमा निर्वाचित आचार्यले ७३२ मत पाएर विजयी भएका हुन्। प्रेस चौतारीका तीर्थ कोइरालाले ६२७ मत पाएर दाेस्राे स्थानमा रहे। उजिर मगरलाइ ५४ मत खसेको छ। 

खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी भएका छन्। दाहालले सबैभन्दा बढी अन्तरको विजय हाँसिल गरेका छन्।

महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निर्वाचित भए। लेखा समिति संयोजकमा रोशन पुरी विजयी भएका छन्। लेखा समिति सदस्यहरुमा मिरा राजभण्डारी र भुपेन्द्र आचार्य विजयी भए।

अहिले खुला केन्द्रीय सदस्यहरुको मतगणना जारी छ। प्रदेश केन्द्रीय सदस्यको मतपरिणाम राति नै अाइसकेको छ।

प्रदेशतर्फबाट केन्द्रीय सदस्यमा विजयीहरू

प्रदेश नम्बर १

सटेन्द्र जबेगु (प्रेस चौतारी)
उद्धव तिमिल्सिना (प्रेस युनियन)

प्रदेश नम्बर २

देवराम यादव (प्रेस सेन्टर)
शैलेन्द्र झा (प्रेस युनियन)

प्रदेश नम्बर ३

द्वारिका काफ्ले (प्रेस चौतारी)
कृष्ण गिरी (प्रेस चौतारी)

प्रदेश नम्बर ४

रामकृष्ण ज्ञवाली (प्रेस चौतारी)
नवीन कुइँकेल (प्रेस सेन्टर)

प्रदेश नम्बर ५

बसन्त गिरी (प्रेस सेन्टर)
पुरुषोत्तम सुवेदी (प्रेस युनियन)

प्रदेश नम्बर ६

कलेन्द्र सेजवाल (प्रेस युनियन)
पुर्ण प्रसाद चौलागाईं (प्रेस सेन्टर)

प्रदेश नम्बर ७

मीन बम (प्रेस युनियन)
उत्तर विष्ट (प्रेस चौतारी) र श्याम भट्ट (प्रेस सेन्टर) को ४५–४५ बराबर मत ।

काठमाडौं उपत्यका

लेखनाथ न्यौपाने (प्रेस सेन्टर)
गोबिन्द चौलागाईं (प्रेस चौतारी)

प्रतिष्ठान तर्फ

टिकाराम प्रधान (प्रेस सेन्टर)
यम बिरही (प्रेस युनियन)

कसको कति मत?

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App