१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दाइजो नल्याएको भन्दै दिल्लीमा जिउँदै जलाएर युवतीको हत्या

सांकेतिक इमेज

नयाँ दिल्ली- भारतको राजधानी नयाँ दिल्लीमा एक व्यक्तिले आफ्नी पत्नीको जिउँदै जलाएर हत्या गरेका छन्। छिमेकी एवं प्रहरीले पीडित महिलालाई अस्पताल पुर्‍याएका थिए। त्यहीँ उनको मृतयु भयो। मृत्यु अघि २४ वर्षीया परिवन्दर कौरले प्रहरी समक्ष बयान दिएको बताइएको छ। प्रहरीले आरोपी गुरुचरण नाम गरेका पतिलाई पक्राउ गरेको छ।

दिल्लीको विकासपुरी क्षेत्रमा यो घटना भएको हो। परिवन्दर र गुरुचरणबीच २०१२ मा विवाह भएको थियो। विवाहको केही दिनपछि दाइजो नल्याएको भन्दै घरमा दवाब दिन थालिएको थियो। यस कारण दुईबीच सम्बन्धमा तनाब आएको थियो। केही अगाडि गुरुचरणले दाइजो नल्याएको भन्दै परिवन्दरलाई घरबाट निकालेका थिए। घटना हुनुभन्दा अघिल्लो दिन छोरो लिएर उनी माइत जान हिँडेकी थिइन्। यो देखेर गुरुचरण तथा परिवार सदस्य निकै आक्रोसित भए।

त्यति बेले उनले श्रीमतीको शरीरमा मट्टितेल छर्किए र आगो सल्काइदिए। स्थानीयको जानकारीका आधारमा घटनास्थल पुगेको प्रहरीले उनलाई गम्भीर अवस्थामा फेला पारेको थियो। प्रहरी पुग्दा उनको शरीर लगभग ८० प्रतिशत जलिसकेको थियो। प्रहरीले कसैगरी बयान लिए पनि उनको ज्यान बाँच्न सकेनँ।

प्रकाशित: ६ भाद्र २०७४ १०:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App