१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सरुवा बजारमा स्पेनिस क्लबलाई फाइदा

मड्रिड- इङलिस प्रिमियर लिग र फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन(पिएसजी) ले यस सिजनको सरुवा बजारमा अत्याधिक खर्च गरे । तर शुक्रबार स्पेनमा सरुवा बजार बन्द हुँदा स्पेनिस ला लिगाका क्लबहरु फाइदामा रहे ।

बार्सिलोनाले ब्राजिली  स्ट्राइकर नेइमारलाई विश्व कीर्तिमानी २२ करोड २० लाख युरोमा पिएसजी र रियाल मड्रिडले स्पेनिस स्ट्राइकर अल्भारो मोराटालाई ८ करोड युरोमा चेल्सीमा बेचेपछि केही समय सरुवा बजार तरंगित भएको थियो ।

खेलकुद दैनिक मार्काले शुक्रबारसम्म ला लिगाका क्लबहरुले ९ करोड ५० लाख युरो फाइदा गरेको उल्लेख गरेको छ ।

बार्सिलोना र रियालले पछिल्लो ४ सिजन च्याम्पियन्स लिगको उपाधि जितेसँगैे युरोपेली फुटबलमा ला लिगाका क्लबहरुको दबदबा स्पष्ट देखिन्छ । यस क्रममा रियाल च्याम्पियन्स लिग इतिहासमा साबिक विजेताको हैसियतमा उपाधि रक्षा गर्ने पहिलो टोली बनेको थियो । गतवर्ष लामो समयपछि टोलीले च्याम्पियन्स लिग र ला लिगा गरी दोहोरो उपाधि जित्ने सफलता पनि हासिल गरेको थियो ।

नेइमारको बर्हिगमनपछि बार्सिलोना आफ्नो स्वभाविक लय भेट्टाउन संघर्षरत छ । नेइमारको स्थानमा बार्सिलोनाले दुई खेलाडीलाई भित्राउने इच्छा देखाए पनि एकमा मात्र सफल भयो । बोरुसिया डर्टम्न्डका फ्रान्सेली स्ट्राइकर ओसामाने डेम्बेलेलाई अनुबन्धन गर्न सफल भएको बार्सिलोनाको प्रस्ताब लिभरपुलले तीन पटकसम्म अस्विकार गरेपछि ब्राजिली मिडफिल्डर फिलिप कौटिन्होलाई क्याम्प नोउ ल्याउने लक्ष्य पूरा हुन सकेन ।

मार्लोन  सान्तोस, नेल्सन सिमिडो, जेरार्ड डिलोफेउ, पाउलिन्हो र डेम्बेले गरि पाँच खेलाडी अनुबन्धनमा १९ करोड २५ लाख युरो खर्च गरेको भन्दै आक्रोसित बनेका बार्सिलोनाका समर्थकले क्लब अध्यक्ष जोसेफ मासिया बार्टोमेयुको राजीनामा मागेका थिए ।

यता एकै सिजन च्याम्पियन्स लिग र स्पेनिस ला लिगा गरि दोहोरो उपाधि जिताएपछि मड्रिका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले प्रशिक्षक जिनेदिन जिदानको यही टोलीलाई निरन्तरता दिने आग्रह स्विकार गरेका थिए ।

‘म अहिले टोलीमा भएको खेलाडीबाट सन्तुष्ट छु । टोलीमा नयाँ अनुहार ल्याउने मेरो कुनै योजना छैन,’ जिदानले गत साता भ्यालेन्सियाविरुद्धको खेलअघि भनेका थिए ।

मड्रिडले स्पेनकै युवा प्रतिभालाई टोलीमा अवसर दिने क्रमलाई यसपाली पनि निरन्तरता दिएको छ । मड्रिडले थियो हर्नान्डेज र ड्यानी केबालोसलाई अनुबन्धन गरेको थियो । त्यस्तै क्लबमा दुई सिजनको खराब प्रदर्शनपछि मड्रिडले रक्षक ड्यानिलोलाई ३ करोड युरोमा म्यानचेस्टर सिटीलाई बेचेको थियो ।

फिफाले खेलाडी किनबेचमा प्रतिबन्ध लगाएका कारण एट्लेटिको मड्रिडले यस सिजन कुनै खेलाडी भित्रयाउन पाएन । तर एट्लेटिको एन्टोनी ग्रिजम्यान, कोके र साउल निग्वेजसँग जस्ता महत्वपूर्ण खेलाडीलाई आकर्षक प्रस्तावका साथ क्लबमै राख्न सफल भएको छ ।

प्रकाशित: १८ भाद्र २०७४ ०४:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App