१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

बेवारिसे अवस्थामा शिसुको शव फेला

उदयपुर – प्रहरीले बिहीबार विहान यहाँ एक बेवारिसे नवजात शिसुको शव फेला पारेको छ । सदरमुकाम त्रियुगा नगरपालिका ४ को बगाहा फर्सेटस्थित खोला किनारको झाडीमा फालिएको अवस्थामा बेवारिसे नवजात शिसुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

प्रत्यक्षदर्शी स्थानीले खवर गरेको आधारमा जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थल पुग्दा मृत अवस्थामा अन्दाजी ५/६ महिनाको शिसु बेवारिसे अवस्थामा झाडीमा भेटिएको प्रहरी निरीक्षक देवीप्रसाद फागोले बताएका छन् । फागोका अनुसार अवैध सम्बन्धबाट बसेको गर्भ जवरजस्ती पतन गराएर शिसु फालेको हुनसक्ने अनुमान गरिएको छ । शिसु छोरा जातको रहेको छ। 

प्रहरीले घटनास्थलको सर्जमिन मुचुल्का तयारी गरी शिसुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा बुझाएको छ । घटनासँग सम्बन्धित अहिलेसम्म कोही पक्राउ नपरेको र खोजी कार्य जारी रहेको इन्सपेक्टर फागोले बताए। 

प्रकाशित: २९ भाद्र २०७४ ०७:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App