१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

व्यापारीले भन्सारमा नगई प्रज्ञापन भर्न सक्ने

धनगढी- कैलाली भन्सार कार्यालय धनगढीमा व्यापारीले आफ्नै ठाउँवाट अनलाइन मार्फत प्रज्ञापन पत्र भर्न र सामानको राजस्व बुझाउन सक्ने स्वचालित भन्सार सूचना प्रविधि लागू भएको छ। यो प्रविधी लागु भएपछि व्यपारीलाई सहज हुने भएको छ।

बिहीबार देखि प्रविधी औपचारिक रुपमा संचालन भएको कैलाली भन्सार कार्यालयका प्रमुख यज्ञमुर्ती भण्डारीले बताए। ‘व्यापारीले भन्सार कार्यालयमा नआएर आफ्नै परिसरवाट प्रज्ञापन भर्न सक्ने छन्’उनले भने।

 बिहीबार भन्सार विभागका उपमहानिर्देशक कृष्ण नेपालले औपचारिक रुपमा उद्घाटन गरेपछि यो सेवा सुचारु भएको उनले बताए। यो प्रविधी लागु भएपछि व्यापारीलाई ३ किसिममा बर्गिकरण हुने उनको भनाई छ। ग्रीन लाइन,एलो लाइन र रेड लाइन मा बर्गिकरण गरिने छ । ग्रिन लाइनमा परेका व्यापारीको समान र डकुमेन्ट केही पनि देखाउन पर्ने छैन। एलो लाइनमा परेकाले डकुमेन्ट मात्र देखाउनु पर्ने छ । भने रेड लाइनमा परेकाले समान र डकुमेन्ट दुवै जाँच गराउनु पर्ने उनले बताए।

‘अनुशासित रुपमा कारोवार गर्ने व्यापारीले अव समान र डकुमेन्ट देखाइरहनु पर्दैन’उनले भने ,‘यो प्रविधि लागु भएपछि अव सेवाग्राहीले छिटो सेवा पाउने छन्।’ कम समय लाग्ने भएकाले कर्मचारीलाई पनि सहज हुने उनको भनाई छ।

बिरगंज, विराटनगर, भैरहवा तथा मेची भन्सार कार्यालयहरुमा स्वचालित भन्सार सुचना प्रविधि यसअघि नै लागू भएको थियो। गत बर्षदेखि शुरु भएको यो प्रविधी काठमाण्डौ ऐयरपोट देखि तराईमा कैलाली सम्म गरेर ९ कार्यालयमा संचालन भएको छ।

 यो प्रविधि लागू भएसंगै सामान आयात–निर्यातमा सहजतासंगै पारदर्शीता हुने  छ । ‘कस्ले कुन गाडीमा,कति बजे के के समान ल्यायो बिस्तृत विवरण हेर्न मिल्ने छ ’उनले भने।

 

प्रकाशित: ३१ भाद्र २०७४ ११:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App