१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

खडक नपामा मतगणना अवरुद्ध

लहान-सप्तरीको खडक नगरपालिकाको मतगणना आज साँझदेखि अवरुद्ध भएको छ। खडक नगरपालिका–१० को मतगणनाको क्रममा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि केही दलका प्रतिनिधिले मतगणना बहिष्कार गरी बाहिरिएपछि मतगणना साँझ ६ बजेबाट अवरुद्ध भएको हो। 

नेकपा (एमाले), राजपा, संघीय समाजवादी फोरम नेपाललगायत दलका उम्मेदवार र प्रतिनिधिले मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्रबारे निर्णय नभएसम्म मतगणनामा सहभागी नहुने अडान लिएका छन्। 

खडक नगरपाकिकाको निर्वाचन अधिकृत रीताकुमारी बख्रेलले निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्रका विषयमा विवाद भएकाले मतगणना केही समय रोकिएको जानकारी दिँदै विवाद मिलाउने प्रयास भइरहको जानकारी दिनुभयो । रासस 

 

प्रकाशित: ६ आश्विन २०७४ १६:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App