१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बराबरीले नेपालको सम्भावना जीवित

फुटबल क्याप्सनः भारतविरुद्धको खेलमा बलका लागि प्रतिस्पर्धा गर्दै नेपाल ब्रिजेश चौधरी(रातो) तस्बिरः प्रबिन कोइराला

काठमाडौं- स्ट्राइकर ब्रिजेश चौधरीले अन्तिम समयमा गरेको गोलमा नेपाल यु–१६ टोलीले शुक्रबार भारतलाई २–२ को बराबरीमा रोकेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा बराबरी खेलेसँगै नेपालले एएफसी यु–१६ च्याम्पियनसिपको छनोट प्रतियोगिताको अन्तिम चरण प्रवेश गर्ने सम्भावना जीवित राखेको छ ।
समूह ‘डी’ का दुई खेल सकिँदा शतप्रतिशत नतिजा निकालेको इराक ६ अंकका साथ शीर्ष स्थानमा छ । समान खेलमा ४ अंक जोडेको भारत दोस्रो र  नेपाल १ अंकका साथ तेस्रो स्थानमा छन् । अंकविहीन प्यालेस्टाइन पुछारमा छ ।
समूह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनसँग खेल्नेछ भने भारतले शीर्ष टोली इराकसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले प्यालेस्टाइनलाई राम्रो गोलअन्तरमा हराउने र इराकले भारतलाई पराजित गरेमा नेपाल उत्कृष्ट उपविजेता बन्दै अन्तिम चरणमा प्रवेश गर्ने सम्भावनाा जीवित रहन्छ ।
एसियाका ४५ राष्ट्रले विभिन्न १० समूहमा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा प्र्रत्येक समूहका शीर्ष टोली र उत्कृष्ट पाँच उपविजेताले आयोजक मलेसियासँगै सन् २०१८ को सेप्टेम्बर २० देखि अक्टोबर ७ सम्म हुने एएफसी यु–१६ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् ।
नेपालका लागि दुवै गोल ब्रिजेशले गरे । भारतका लागि पनि दुवै गोल हरप्रीत रुलवीरले गरेका थिए । खेलपछि नेपालका प्रशिक्षक सुनीलकुमार श्रेष्ठले बलियो चुनौती पेस गर्नाका बावजुद पनि सुखद नतिजा ल्याउन नसकेको बताए ।
‘जित्नुपर्ने खेल थियो । तर, दुर्भाग्य हामी बराबरीमा रोकियौं,’ नेपालका प्रशिक्षक श्रेष्ठले थपे, ‘अग्रता लिएको अवस्थामा पनि खेलाडी अत्तालिए । फलस्वरूप भारतले पुनरागमन ग¥यो । त्यो नै खेलको टर्निङ प्वाइन्ट बनिदियो ।’
७६औं मिनेटमा ब्रिजेशले गरेको गोलमा नेपालले अग्रता लियो । उनले रक्षक दीपक भण्डाराको पासमा डी बक्सबाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
वैकल्पिक खेलाडी हरप्रीतले ८३औं  मिनेटमा बराबरी गोल फर्काए । नेपालका गोलकिपर विशाल सुनार आफ्नो पोजिसनमा नरहेको मौका छौप्दै हरप्रीतले करिब ४० यार्ड टाढाबाट हानेको प्रहार गोल भएको थियो । हरप्रीत ७८औं मिनेटमा मिडफिल्डर रविबहादुर रानाको स्थानमा मैदान छिरेका थिए ।
पहिलो गोल गरेको दुई मिनेट बित्न नपाउँदै हरप्रीतले अग्रता दोब्बर पारे । रक्षक लारिकोमाले दिएको पासलाई कसैको निगरानीमा नरहेका हरप्रीतले जाली चुमाएमा थिए । तर, भारतको अग्रता धेरै समय टिक्न सकेन । खेल सकिन २ मिनेट बाँकी रहँदा ब्रिजेशले बराबरी गोल फर्काए । भारतीय रक्षकलाई छलाउँदै अघि बढेका ब्रिजेशले दायाँ भागबाट ‘सेकेन्ड बार’ च्याप्दै उत्कृष्ट गोल गरे । जसलाई भारतका प्रशिक्षक बिबियानो फर्नान्डेजले विश्वस्तरिय गोल भनेर प्रसंशा गरे ।
‘नेपालविरुद्ध खेल्न कठिन हुने अनुमान गरेका थियौं । तर, सोचेभन्दा उत्कृष्ट रह्यो,’ भारतका प्रशिक्षक फर्नान्डेजले थपे, ‘हामीले पहिलो हाफमा पाएका केही सुनौलो अवसर खेर फाल्दा अग्रता लिने मौका गुमायांै । १–० ले पछि परेको अवस्थामा हामी उत्कृष्ट पुनरागमन गर्दै तीन अंकको नजिक पुगेका थियौं । तर, ब्रिजेशको विश्वस्तरीय गोलले हामी अंक बाँड्न बाध्य भयौं ।’
प्रशिक्षक फर्नान्डेजले नेपालसँगको बराबरीले छनोट सम्भावनामा धक्का लागे पनि पूर्ण रूपमा छनोटको आशा नमारेको बताए । उनले भने, ‘पक्कै पनि इराक समूहको बलियोे प्रतिद्वन्द्वी हो । तर, मेरो टोली इराकको चुनौती पार गर्दै अन्तिम चरणमा छनोट हुनेमा म विश्वस्त छु ।’
शुक्रबारै भएको पहिलो खेलमा इराकले प्यालेस्टाइनमाथि ४–० को सहज नतिजा हात पा¥यो । इराकको जितमा हसन सलमान सानन, अब्दुल रजाक्क क्वासिम सुवाहाबी, अहमद आयाद अल हाइफी र अब्दुल हसन हमिदले समान १÷१ गोल गरे ।
नेपालका प्रशिक्षक श्रेष्ठले समूहको अन्तिम खेल प्यालेस्टाइनविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्ने दाबी गरे । उनले थपे, ‘हामी अन्तिम खेलमा प्यालेस्टाइनलाई राम्रो गोलअन्तरमा पराजित गर्दै छनोट हुने सम्भावना जीवित राख्न चाहन्छांै । तर यसका लागि हामीले इराक र भारतविरुद्धको नतिजामा भर पर्नुपर्छ ।’

प्रकाशित: ७ आश्विन २०७४ ०४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App