१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मनरासिस्वामा राजपा विजयी

गौशाला – महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकामा राजपा नेपालले विजय हासिल गरेको छ। 

निर्वाचन अधिकृत यामबहादुर बानियाँका अनुसार नगरपालिका प्रमुखमा राजपाका सञ्जयकुमार सिंह र उपप्रमुखमा सोही दलकी रमिता प्रधान विजयी भएका छन्। 

सिंहले चार हजार २३९ मत र उपप्रमुख प्रधानले चार हजार ५३ मत ल्याएका छन्। उनीहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः संघीय समाजवादी फोरम नेपालका महेन्द्र रायले तीन हजार २६१ र हजरा खातुनले दुई हजार ८८९ मत ल्याएका छन्। 

यस परिणामसँगै महोत्तरीका १५ वटै स्थानीय तहको परिणाम आएको छ। महोत्तरीमा स्थानीय तहको निर्वाचनमा राजपा सात, नेकपा माओवादी केन्द्र चार, नेपाली काँग्रेस तीन, फोरम नेपालले एक स्थान हासिल गरेको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताए। 

प्रकाशित: ८ आश्विन २०७४ ०६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App