१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेश २ को निर्वाचन परिणाम उचित भएको एमालेको ठहर

काठमाडौं— नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौँ बैठकले प्रतिकूलताका चमा पनि प्रदेश नं २ स्थानीय तहको निर्वाचनमा तराई–मधेशमा पार्टीले हासिल गरेको उपलब्धि उचित भएको र त्यहाँका जनता शान्ति, स्थायित्व र समृद्धिको पक्षमा रहेको तथ्य स्पष्ट भएको निष्कर्ष निकालेको छ।

शुक्रबारदेखि शुरु भएको एमालेको केन्द्रीय कमिटीको बैठकमा स्थानीय तहको २ नं प्रदेशमा निर्वाचनको समग्र परिचालन, उम्मेदवार चयन लगायतमा भएका आन्तरिक कमजोरीको उचित समीक्षा गर्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एकताबद्ध भएर अघि बढ्न सबैलाई हार्दिक आह्वानसमेत गरिएको छ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदनमाथि उठेका जिज्ञासा र प्रश्नको प्रत्युत्तर दिँदै पार्टी राष्ट्रिय राजनीतिको केन्द्र भागमा स्थापित हुनु र अनेकौँ प्रतिकूलताका बीचमा पनि स्थानीय तहको निर्वाचनबाट पहिलो शक्तिका रुपमा स्थापित हुनु गर्वको विषय भएको बताए।

बैठकले प्राप्त सुझाव समेटेर अध्यक्षको प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरेको छ। बैठकले सत्ताधारी गठबन्धन सरकारले स्थानीय तहको निर्वाचनको घोषणा भइसकेपछि २ नं प्रदेशमा स्वेच्छाचारी किसिमले स्थानीय तहको सङ्ख्या हेरफेर गर्ने, आतङ्कको वातावरण सिर्जना गर्ने, बुथ कब्जा गर्ने, कर्मचारी सरुवा–बढुवा र राजनीतिक नियुक्ति गर्नेजस्ता कार्यप्रति निन्दा गरेको छ।

उनले राष्ट्रियता र राष्ट्रिय हितको रक्षा, सामाजिक सद्भाव र राष्ट्रिय एकता, संविधानको रक्षा र कार्यान्वयन, सामाजिक, आर्थिक, रुपान्तरण र समृद्धिका लागि केन्द्र र सबै प्रदेशमा पार्टीको बहुमतको सरकार अपरिहार्य भएकाले एकताबद्ध र सक्रियताका साथ निर्वाचनको तयारीमा जुट्न आह्वानसमेत गरे।

बैठकले प्राप्त सुझाव समेटेर अध्यक्षको प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरेको छ। बैठकले सत्ताधारी गठबन्धन सरकारले स्थानीय तहको निर्वाचनको घोषणा भइसकेपछि २ नं प्रदेशमा स्वेच्छाचारी किसिमले स्थानीय तहको सङ्ख्या हेरफेर गर्ने, आतङ्कको वातावरण सिर्जना गर्ने, बुथ कब्जा गर्ने, कर्मचारी सरुवा–बढुवा र राजनीतिक नियुक्ति गर्नेजस्ता कार्यप्रति निन्दा गरेको छ।

बैठकमा प्राप्त सुझावका आधारमा स्थायी कमिटीले उम्मेदवारको मापदण्ड, छनोट विधि र निर्वाचनको समग्र कार्ययोजना तयार गर्ने जिम्मेवारी बैठकले पार्टी स्थायी कमिटीलाई सुम्पेको छ। बैठकले संघीय संसद् र प्रदेशसभा सदस्यको उम्मेदवारको मनोनयनको आधिकारिक पत्रमा हस्ताक्षर गर्ने अख्तियारी पार्टी अध्यक्षको रहने पनि निर्णय गरेको छ। बैठकले निम्न प्रस्ताव पारित गरेको छ।

राष्ट्रियता, लोकतन्त्र, सामाजिक सद्भाव र समृद्धिको लक्ष्य हासिल गर्न आगामी निर्वाचनमा एकताबद्ध भएर सक्रियता र दृढताका साथ अग्रसर रहन बैठकले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकलाई आह्वान गरेको छ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले पक्षमा मतदान गरी पार्टीलाई राष्ट्रिय राजनीतिमा प्रथम स्थान दिलाउने सम्पूर्ण मतदाताप्रति कृतज्ञता प्रकट गर्दै बैठकले सम्पूर्ण नेपाली जनतामा हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

निर्वाचनमा सत्ता संरक्षित आक्रमणबाट हत्या गरिनुभएका दोलखा जिल्ला, गौरीशंकर गाउँपालिकाका कुलबहादुर तामाङ तथा बाजुरा जिल्ला, छेडेदह गाउँपालिकाका कमरेड हंसबहादुर राउतप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरुका परिवारजनलाई राहत उपलब्ध गराउन, दोषीलाई कडा कार्वाही गर्न पनि नेपाल सरकारसँग माग गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको निर्देशनको ठाडो अवज्ञा गर्दै स्थानीय तहको निर्वाचनकै बीचमा तथा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा लोकतान्त्रिक मूल्यमान्यता र जनअपेक्षा विपरीत निर्वाचनलाई प्रभावित गर्ने र राष्ट्रिय ढुकुटीमा दोहन गर्ने गरी मन्त्रिपरिषद्को विस्तार गरेर ५६ सदस्य पुर्यागएको भन्दै बैठकले आपत्ति प्रकट गरेको छ।

प्रकाशित: ८ आश्विन २०७४ १४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App